५ वटा ‘जेटस्ट्रिम–४१’ जहाज बेचेर कारोबार सल्टाउँदै गुण एयरलाइन्स
काठमाडौँ । आर्थिक सङ्कटमा फसेको निजी वायुसेवा कम्पनी गुण एयरलाइन्सले जहाज बेचेर कारोबार सल्टाउने भएको छ । कम्पनीले आफूसँग भएका पुराना र खर्चिला ५ वटा जेटस्ट्रिम–४१ जहाज बिक्री गर्ने भएको हो ।
जहाज खरिदका लागि विदेशी कम्पनीका प्रतिनिधि नेपाल आइसकेको कम्पनीले जनाएको छ । ३० सिट क्षमताको जेटस्ट्रिम–४१ (जे–४१) जहाज कम्पनीले दुई वर्ष अघि मात्र यति एयरलाइन्ससँग खरिद गरेको थियो । आर्थिक समस्यासँग जुधेको गुण एयरले २०२१ मा मात्र १ अर्ब लागतमा पुनः हवाई व्यवसाय शुरु गरेको थियो ।
तर, हवाई सेवाको दुई वर्ष पनि नपुग्दै पुनः एयरलाइन्समाथि आर्थिक सङ्कट आइलागेको छ । सोमबार मात्र नेपाल नागरिक उड्डयन प्राधिकरणले कम्पनीले पाइलटसहित अन्य कर्मचारीलाई तलब खुवाउन नसकेको भन्दै सुरक्षा संवेदनशीलतासँग जोडेर गुण एयरलाइन्सको सम्पूर्ण उडानलाई अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको छ ।
तर, कम्पनीले प्राधिकरणले भने जस्तो तलब भत्ताको समस्या नभएर जहाज बेच्नका लागि केहीँ दिनदेखि उडान होल्ड गरेको बताएको छ । पुराना जहाजहरू खर्चिलो भएकाले यसलाई बेचेर नयाँ र ठुला जहाज किन्ने तयारी रहेको कम्पनीले जनाएको छ ।
५ वटा जेटस्ट्रिम–४१ जहाज बेचेपछि तत्कालका लागि कम्पनीले १८ सिट क्षमताका दुईवटा बीचक्राफ्टबाट मात्र उडान सेवा दिनेछ ।
गुण एयरलाइन्सले ५ वटा जेटस्ट्रिम–४१ र २ वटा बीचक्राफ्ट गरी ७ वटा जहाजले आन्तरिक उडान सेवा प्रवाह गर्दै आएको थियो । एयरलाइन्सले काठमाडौं पोखरा, भरतपुर, नेपालगन्ज, तुम्लिङटार र भैरहवा उडान तथा माउन्टेन फ्लाइट गर्दै आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण