बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्वाधारको विकाससँगै देशको ब्राण्डिङ गर्नु पर्नेमा पूर्व राजदूतहरूको जोड

सोमबार, ०८ फागुन २०७९, १८ : ३६
सोमबार, ०८ फागुन २०७९

काठमाडौं । नेपालको पर्यटन प्रवर्द्धनको लागि पूर्वाधारको विकाससँगै देशको ब्राण्डिङ गर्नु पर्नेमा पूर्व राजदूतहरूले जोड दिएका छन् । 

नेपालमा पर्यटनको व्यापक सम्भावना रहेपनि त्यस अनुसारको प्रतिफल पाउन नसकेको भन्दै पूर्वराजदूतहरुले विदेशी पर्यटक ल्याउन विदेश स्थित नेपाली दूतावास,पर्यटन मन्त्रालय,बोर्ड तथा गैरआवासयि नेपाली संघबीच समन्वयको खाँचो रहेको औँल्याए । 

नेपाल पर्यटन बोर्ड, गैर आवासीय नेपाली संघ र युरोप–नेपाल चेम्बर अफ कमर्स फर टुरिजमको आयोजनामा सोमबार आयोजित नेपालको पर्यटन उद्योगको विकास र सफलताका लागि सहकार्य विषयक कार्यशालामा बोल्दै उनीहरुले सो धारणा राखेका हुन । 

कार्यक्रमका संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री सुदन किरातीले पूर्व राजदूतहरूको सुझावलाई एकीकृत गर्दै मन्त्रालयले आगामी दिनमा नीतिगत व्यवस्था तथा आवश्यक सहकार्य गर्ने बताए । उनले नेपालको लागि कतै नक्कल गरिएको नभई मौलिक खालको पर्यटनमा जोड दिन समेत आग्रह गरे ।

मन्त्रालयका सचिव सुरेश अधिकारीले मन्त्रालय पर्यटन नीति तथा ऐन नै संसोधनको प्रक्रियामा रहेकाले सशाेधन पछि कुटनीतिक क्षेत्र तथा व्यवसायीहरुका माग सम्बोधन हुने अपेक्षा गरिएको बताए । 

कार्यक्रममा पूर्व राजदूतहरू डा. सुरेशचन्द्र चालिसे,मोहन कृष्ण श्रेष्ठ,मधुरमण आचार्य,लक्की शेर्पा, डा. अन्जन शाक्य,रमेश कोइराला,पद्युम्न विक्रम शाह,युवनाथ लुइँटेल, दुर्गा भट्टराई,दीपक धिताल, झविन्द्र अर्याल लगायतले नेपालको आर्थिक विकासको लागि पर्यटन महत्त्वपूर्ण क्षेत्र भएको उल्लेख गर्दै देश अनुसार बजारकिरणको रणनीति तय गर्न मन्त्रालय र बोर्डलाई सुझाव दिए ।

नेपालको पर्यटन प्रवर्द्धनका लागी विभिन्न देशमा रहेर काम गर्दाका अवसर ,चुनौती र समन्वयमा भएको कमीलाई समेटेर समग्र  नेपालको पर्यटन प्रवद्र्नमा अगाडी बढ्न सहज हुने अपेक्षाका साथ कार्यक्रम आयोजना गरिएको  एनआरएनए, नेपाल पर्यटन  प्रवर्द्धन समितिका अध्यक्ष सोम सापकोटाले जानकारी दिए ।

कार्यक्रममा बोर्डका निमित्त बजार निर्देशक लक्ष्मण गौतमले पर्यटन प्रर्वद्धनका लागि बोर्डले गरिरहेका कार्यबारे जानकारी गराउँदै नेपालको पर्यटन विकासको लागि नीतिगत स्पष्टता र एकद्धार प्रणालीमा जोड दिए । कार्यक्रम पश्चात नेपालको पर्यटन प्रर्वद्धनका लागि समन्वय र सहकार्य लागि १० बुँदे घोषणापत्र समेत जारी गरिएको युरोप–नेपाल चेम्बर अफ कमर्स फर टुरिजमका संयोजम दीपेश शाक्यले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप