जर्मनको छ सदस्यीय संसदीय प्रतिनिधिमण्डल नेपाल भ्रमणमा
काठमाडौँ । जर्मनीको प्रतिनिधिसभा जर्मन बुन्डेस्ट्यागबाट दक्षिण एसियाली संसदीय प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आएको छ । उक्त प्रतिनिधिमण्डल चारदिने औपचारिक भ्रमणका लागि सोमबार नपाल आइपुगेको हो ।
छ सदस्यीय संसदीय प्रतिनिधिमण्डलले ७ देखि १० गतेसम्म नेपालको भ्रमण गर्ने नेपालस्थित जर्मनीको राजदूतावासले जनाएको छ । भ्रमणमा आउनेमा सांसद रेनाटे कुनास्ट, एन्ड्रियास लारेम, पॉल लेह्रिडर, रिया श्रोडर, डा. माल्टे काउफम्यान र डा।.आन्द्रे हान रहेका छन् । यो भ्रमणले नेपाल र जर्मनीबीचको संसदीय सम्बन्धलाई थप सुदृढ बनाउने दूतावासले जनाएको छ ।
प्रतिनिधिमण्डलले नेपालको आर्थिक रूपान्तरण, पर्यटन प्रवर्द्धन, नेपालको शान्ति प्रक्रिया र मानवअधिकार, महिला सशक्तीकरण, नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्था, कृषि र क्षेत्री सहयोगका साथै जर्मन–नेपाल विकास सहयोगलगायतका विषयमा छलफल गर्ने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण