बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

इन्दिराले ल्याइन् ॐ नमः शिवाय

मङ्गलबार, ०९ फागुन २०७९, १५ : ५०
मङ्गलबार, ०९ फागुन २०७९

काठमाडौँ । गायिका इन्दिरा जोशीको ॐ नम: शिवाय बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायिका इन्दिराकै शब्द तथा संगीत रहेको ॐ नवः शिवायको एरेन्ज सक्षम श्रेष्ठले गरेका हुन् ।

युवापुस्ताहरुलाई लक्षित गरेर बनाइएको गीत पशुपतिनाथ मन्दिर परिसरमा छायांकन गरिएको हो । भिडियोमा  गायिका इन्दिरा अहिलेसम्मकै भिन्न अवतारमा ‘जय शम्भो भोले जय जय’ भन्दै देखापरेकी छिन् । जसको भिडियोमा पनि नयाँ प्रयोग गरिएको छ ।

३ मिनेट लामो भिडियोमा इन्दिराले भगवान् शिवको महिमाको वर्णन गरेकी छिन् । इन्दिरा आफू कलाकारितामा लाग्नु अघिदेखि नै शिवको भक्त रहेको बताउँछिन् । 

गौरव बिष्ट र झोलेको  छायांकन, गौरव बिष्टकै सम्पादन तथा मिन रावलको कलरिङ रहेको भिडियोको निर्देशन सक्षम श्रेष्ठले गरेका हुन् । भिडियो इन्दिरा जोशी अफिसियलबाट बजारमा आएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप