शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

मातृभाषा दिवसको अवसरमा कविता वाचन

मङ्गलबार, ०९ फागुन २०७९, १६ : ३५
मङ्गलबार, ०९ फागुन २०७९

काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानले मातृभाषा दिवसको अवसरमा मातृभाषामा कविता वाचन कार्यक्रम राखेको छ । 

प्रतिष्ठानको हलमा मंगलबार भएको कविता वाचन कार्यक्रममा मगर, नेवार, माझी, शेर्पा, ताजपुरिया, जिरेल, थामी, कुमाल, सुनुवार, तामाङ, राई, उराँव, अवधि, भोजपुरीलगायत १६ भाषामा विभिन्न कविहरुले कविता वाचन गरेका थिए ।

कार्यक्रममा नेपालमा बोलिने संकटापन्न मातृभाषाहरुको अवस्था शीर्षकमा डा तारामणि राईले कार्यपत्र प्रस्तुत गर्दै लोपोन्मुख भाषाको संरक्षणमा प्रतिष्ठानको ठूलो भूमिका रहेको जिकिर गरे ।

प्रतिष्ठानका सदस्य सचिव डा धनप्रसाद सुवेदीले प्रतिष्ठानमा नयाँ पदाधिकारीहरुको आगमन यसै साता मात्रै भएकाले यस वर्ष मातृभाषा दिवस भव्य रुपमा मनाउन नसकिएको जानकारी दिए । 

सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले भने,' पञ्चायतकालमा अन्य भाषाले फल्नेफुल्ने मौका पाएनन् । अबको लोकतन्त्रमा सबै भाषाको संरक्षणमा सरकार लागी पर्नेछ ।' 

सोही कार्यक्रममा मन्त्री किरातीले डा गोपाल ठाकुरको भोजपुरी भाषाको ब्याकरणीय पुस्तक ‘सहज बर्तनी’ पनि विमोचन गरेका थिए । 

कार्यक्रममा मातृभाषा विभागका प्रमुख राजन मुकारुङ तथा कुलपति भूपाल राईले प्रतिष्ठिानको अहिलेको टीमले मातृभाषाको संरक्षणलाई अभियानकै रुपमा लैजाने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप