मातृभाषा दिवसको अवसरमा कविता वाचन
काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानले मातृभाषा दिवसको अवसरमा मातृभाषामा कविता वाचन कार्यक्रम राखेको छ ।
प्रतिष्ठानको हलमा मंगलबार भएको कविता वाचन कार्यक्रममा मगर, नेवार, माझी, शेर्पा, ताजपुरिया, जिरेल, थामी, कुमाल, सुनुवार, तामाङ, राई, उराँव, अवधि, भोजपुरीलगायत १६ भाषामा विभिन्न कविहरुले कविता वाचन गरेका थिए ।
कार्यक्रममा नेपालमा बोलिने संकटापन्न मातृभाषाहरुको अवस्था शीर्षकमा डा तारामणि राईले कार्यपत्र प्रस्तुत गर्दै लोपोन्मुख भाषाको संरक्षणमा प्रतिष्ठानको ठूलो भूमिका रहेको जिकिर गरे ।
प्रतिष्ठानका सदस्य सचिव डा धनप्रसाद सुवेदीले प्रतिष्ठानमा नयाँ पदाधिकारीहरुको आगमन यसै साता मात्रै भएकाले यस वर्ष मातृभाषा दिवस भव्य रुपमा मनाउन नसकिएको जानकारी दिए ।
सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले भने,' पञ्चायतकालमा अन्य भाषाले फल्नेफुल्ने मौका पाएनन् । अबको लोकतन्त्रमा सबै भाषाको संरक्षणमा सरकार लागी पर्नेछ ।'
सोही कार्यक्रममा मन्त्री किरातीले डा गोपाल ठाकुरको भोजपुरी भाषाको ब्याकरणीय पुस्तक ‘सहज बर्तनी’ पनि विमोचन गरेका थिए ।
कार्यक्रममा मातृभाषा विभागका प्रमुख राजन मुकारुङ तथा कुलपति भूपाल राईले प्रतिष्ठिानको अहिलेको टीमले मातृभाषाको संरक्षणलाई अभियानकै रुपमा लैजाने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण