बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

इटहरीमा योग शिविरको कुम्भ मेला हुँदै, प्रधानमन्त्रीलाई निम्ता

मङ्गलबार, ०९ फागुन २०७९, २१ : ५७
मङ्गलबार, ०९ फागुन २०७९

काठमाडौँ । सुनसरीको इटहरीमा योग शिविरको कुम्भ मेला हुने भएको छ । यही फागुन २० गतेदेखि प्रदेश १ स्तरीय कुम्भ मेला हुन लागेको हो । 

योगसम्बन्धी संस्था जीवन विज्ञानको आयोजनाका शिविर हुन लागेको हो । यसै सन्दर्भमा मंगलबार  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र जीवन विज्ञानका संस्थापक जीवन विकाश विशेषज्ञ गुरु एलपी भानु शर्माबीच भेटवार्ता भएको छ । 

 प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा जीवन विज्ञानका हालसम्मका गतिविधि र आगामी योजना तथा कार्यक्रमका विषयमा छलफल भएको बताइएको छ । 

यस्तै धादिङको थाक्रे गाउँ पालिकामा निर्माणाधीन जीवन विज्ञान धाम तथा नवयुग निर्माणका विषयमा पनि छलफल एवं विचार विमर्श भएको छ । 

खुसी एवम् गहन शान्ति र आनन्दना प्रतिष्ठित गराउने जीवन विज्ञानका कार्यक्रमबाट लाखौं मानिसहरूको शारीरिक एवं मानसिक स्वास्थमा सुधार आएको सो क्रममा शर्माले प्रकाश पारेका थिए । उनले स्वदेशमा मात्र सीमित नभई आफ्नो कार्यक्रमबाट ५५ भन्दा बढी देशमा वसोवास गर्ने व्यक्तिहरू  लाभान्वित भएको समेत उनले बताएका थिए । 

सो क्रममा प्रचण्डले जीवन विज्ञानमा प्रयोग हुने भौतिक संस्कृतिसहितको प्रयोगात्मक कार्यक्रमबाट समाज रुपान्तरणमा आएको प्रभावबाट आफू हर्षित भएको उल्लेख गरेका थिए । यस्तै उनले जीवन विज्ञान धामको लागि चाहिने आवश्यक पूर्वाधार निर्माण गर्न आफू प्रतिबद्ध रहेको पनि बताएका थिए । 

भेटमा जीवन विज्ञानका केन्द्रीय संयोजक होम नाथ आचार्य, विदेश विभाग प्रमुख प्रतीक शर्मा, केन्द्रीय सचिव  किरण रुपाखेती, गौतम बुद्ध जीवन योगका संयोजक, एक नारायण शर्मालगायतको सहभागिता थियो । 

सो क्रममा योग शिविरमा प्रधानमन्त्रीलाई निमन्त्रणा समेत दिइएको थियो । यद्यपि यो बीचमा प्रचण्ड कतार भ्रमणमा जाने तयारी भएकाले सहभागिता जनाउन नसक्ने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप