राष्ट्रपति बाइडेनको पुटिनमाथि हमला : भने, ‘युक्रेनलाई पश्चिमी देशले दिएको समर्थन खेर जाँदैन’
अमेरिकाका राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि निशाना साँधेका छन् । उनले पुटिनलाई तानाशाह भन्दै उनले एउटा मात्रै भाषा बुझ्ने बताए । पुटिनले ‘हुँदैन, हुँदैन, हुँदैन’ भन्ने भाषा मात्रै बुझ्ने बाइडेनले आरोप लगाएका छन् ।
नेटोलाई पहिलाको भन्दा थप बलियो बनाउने बाचा गर्दै उनले पुटिनको गलत सोचेको बताए । उनले भने, ‘पुटिनले सोचेका थिए कि विश्व उल्टिनेछ तर उनी गलत थिए ।’
उनले थपे, ‘रुसी हमलाका बेला युक्रेन बलियो, गर्विलो, ठुलो र स्वतन्त्र छ र युक्रेनलाई पश्चिमी देशले दिएको समर्थन बेकारमा जाँदैन ।’
बाइडेनले पश्चिमी देशको लोकतन्त्रको प्रशंसा गर्दै उनीहरू सबै रुसी हमलाको उद्देश्य उजागर गर्नका लागि एकजुट भएको बताएका छन् ।
वारसामा शाही महलमा उनले भ्लादिमिर पुटिनले पश्चिमी देशमाथि लगाएको थुप्रै आरोपको जवाफ दिए । यसअघि मङ्गलवार पुटिनले मस्कोमा युक्रेन सङ्कटका लागि पश्चिमी देशको उत्तेजित पार्ने खालको कारवाहीलाई जिम्मेवार बताएका थिए ।
पोल्यान्डका राष्ट्रपति आन्द्रेज डुडाले जो बाइडेनको स्वागत गर्दै युक्रेनको राजधानी किभको यात्रा गरेर बाइडेनले यसलाई स्वतन्त्र दुनियाँलाई कसैसँग डर नलाग्ने पनि बताए ।
डुडाले नेटोको काम स्वतन्त्र दुनियाँको रक्षा र मद्दत गर्ने भएको बताएका छन् । उनले युक्रेनले यो लडाइँ जित्नै पर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण