खुल्यो मोन्छियाम हाइड्रोपावरको आईपीओ

काठमाडौँ । मोन्छियाम हाइड्रोपावर लिमिटेडको साधारण सेयर (आईपीओ) खुलेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयवासिन्दाका लागि र वैदेशिक रोजगारीमा रहेकाहरुका लागि आजदेखि आईपीओको बिक्री खुलाएको हो ।
हाइड्रोपावरको जारी पूँजी ५४ करोड २५ लाख ८३ हजार रुपैयाँको १० प्रतिशत सेयर स्थानीयका लागि छुट्याइएको छ । कम्पनीले ५ करोड ४२ लाख ५८ हजार ३०० रुपैयाँ बराबरको ५ लाख ४२ हजार ५८३ कित्ता सेयर बिक्री खुलाएको हो ।
यसमध्येबाट संखुवासभाका आयोजना प्रभावितहरुले २ लाख ७१ हजार २९२ कित्ता सेयरमा आवेदन दिन पाउनेछन् । यस्तै, नेपाल सरकारबाट स्वीकृती लिएर वैदेशिक रोजगारीमा गएकाहरुले १ लाख ८ हजार ५१७ कित्ता सेयर छुट्याइएको छ ।
कम्पनीको आईपीओमा फागुन २५ गतेसम्ममा आवेदन दिन सकिनेछ । यो अवधिमा आईपीओ बिक्री नभएको अवस्थामा स्थानीयका लागि भने चैत ९ गतेसम्म थप हुनेछ । कम्पनीले संखुवासभामा ४.७२ मेगावाट क्षमतको आयोजना निर्माण गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान विभाजनसम्बन्धी दुई विधेयक समितिमा पठाइयो
-
बागमतीका तत्कालिन मेयरविरूद्ध चौथो मुद्दा दायर, ५६ करोड ७१ लाख भ्रष्टाचारको आरोप
-
पप गायिका टेलर स्विफ्टप्रति ट्रम्प किन आक्रोशित ?
-
सगरमाथा संवाद २०२५ सम्पन्न : २५ बुँदे घोषणापत्र जारी
-
अस्कल क्याम्पस वरिपरि आपत्तिजनक सामग्रीको विज्ञापन गर्न नपाइने
-
पेसीको जानकारी पत्रमा रवि र छविको हस्ताक्षर नभएपछि सुनुवाइ स्थगित