खुल्यो मोन्छियाम हाइड्रोपावरको आईपीओ
काठमाडौँ । मोन्छियाम हाइड्रोपावर लिमिटेडको साधारण सेयर (आईपीओ) खुलेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयवासिन्दाका लागि र वैदेशिक रोजगारीमा रहेकाहरुका लागि आजदेखि आईपीओको बिक्री खुलाएको हो ।
हाइड्रोपावरको जारी पूँजी ५४ करोड २५ लाख ८३ हजार रुपैयाँको १० प्रतिशत सेयर स्थानीयका लागि छुट्याइएको छ । कम्पनीले ५ करोड ४२ लाख ५८ हजार ३०० रुपैयाँ बराबरको ५ लाख ४२ हजार ५८३ कित्ता सेयर बिक्री खुलाएको हो ।
यसमध्येबाट संखुवासभाका आयोजना प्रभावितहरुले २ लाख ७१ हजार २९२ कित्ता सेयरमा आवेदन दिन पाउनेछन् । यस्तै, नेपाल सरकारबाट स्वीकृती लिएर वैदेशिक रोजगारीमा गएकाहरुले १ लाख ८ हजार ५१७ कित्ता सेयर छुट्याइएको छ ।
कम्पनीको आईपीओमा फागुन २५ गतेसम्ममा आवेदन दिन सकिनेछ । यो अवधिमा आईपीओ बिक्री नभएको अवस्थामा स्थानीयका लागि भने चैत ९ गतेसम्म थप हुनेछ । कम्पनीले संखुवासभामा ४.७२ मेगावाट क्षमतको आयोजना निर्माण गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण