मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
अपराध

सिरहामा प्रहरीको सुरक्षा घेरा भित्रैबाट लुटियो ९ लाख रुपैयाँ

बुधबार, १० फागुन २०७९, १७ : १५
बुधबार, १० फागुन २०७९

जनकपुरधाम । सिरहामा प्रहरीको सुरक्षामा मनि ट्रान्सफरका लागि लगिँदै गरेको ९ लाख रुपैयाँ दिनदहाडै लुटिएको छ । मिर्चैया– कल्याणपुर सडक खण्डमा पार्ने कटहा पुल नजिकैबाट लुटेरा ९ लाख रुपैयाँ लिएर फरार भएका हुन् । लुटेरालाई खोज्न अहिले जिल्लाका हरेक सडक र नाकामा प्रहरी परिचालन गरिएको छ ।  ज.६ प.४२५६ नम्बरको मोटरसाइकलमा राजाराम सव मनि ट्रान्सफर कल्याणपुरका कर्मचारीले मिर्चैयाबाट ९ लाख रुपैयाँ लैजाने क्रममा लुटपाट भएको प्रहरीको भनाई छ ।

मोटरसाइकलमा आएका लुटेराले रकमसहित प्रहरीको हतियार समेत लुटेको स्रोतले जनाएको छ । सिरहाका प्रहरी प्रवक्ता डिएसपी नरेशराज पाण्डेले रकम लुटेको पुष्टि गरे । उनले थप विवरणका आउन बाँकी रहेको बताए । इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी हरिकृष्ण केसीले पनि मनि ट्रान्सफरका लागि कल्याणपुर लगिँदै गरेको ९ लाख रुपैयाँ लुटिएको बताए । केसीले अहिले लुटेराको खोजतलास जारी रहेकाले थप विवरण पछि दिन सकिने बताए ।

यसअघि २०७४ साल पुसमा पनि सोही सडक खण्डमा लुटेराहरुको समूहले मनिट्रान्सफर सञ्चालकको साथबाट २५ लाख ६० लाख रुपैयाँ लुटेर फरार भएका थिए ।  फरार लुटेरालाई प्रहरीले पक्राउ गर्न सकेको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप