पाठ्यक्रममा बीमाको विषय समावेश गर्न सुन्दरबजार नगरपालिकाले पहल गर्ने

काठमाडौँ । विद्यालयको पाठ्यक्रममा बीमाको विषयलाई समावेश गर्न नगरपालिकाले पहल गर्ने प्रतिबद्धता सुन्दरबजार नगरपालिकाका प्रमुख कृष्ण प्रसाद कोइरालाले जनाएका छन् ।
मंगलबार लमजुङ जिल्लाको सुन्दरबजार नगरपालिकामा आयोजित बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कोइरालाले यस्तो बताएका हुन् ।
सोही अवसरमा नगरपालिका उपप्रमुख भवानी केसीले नगरपालिकाको आगामी नीतिमा बीमालाई समेत समावेश गर्ने प्रतिबद्धता जनाइन् ।
कार्यक्रममा प्रमुख अतिथि समेत रहेका नगरप्रमुख बीमा सम्बन्धी जनचेतना अभिवृद्धिका लागि बीमा कम्पनीहरू पनि अग्रसर हुनुपर्ने आवश्यकता औँल्याए ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उपनिर्देशक निर्मल अधिकारीले बीमा सम्बन्धी नीति तथा कार्यक्रम ल्याएर नागरिकका जीवन तथा सम्पत्तिको बीमा गरी आर्थिक सुरक्षण गर्ने व्यवस्था गर्न नगरपालिकासँग आग्रह गरे ।
नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक लोक प्रसाद काफ्लेले सञ्चालन गर्नुभएको कार्यक्रममा नगरपालिकाका वडा अध्यक्ष तथा कार्यपालिका सदस्य र कर्मचारी,जिल्लास्थित बीमा, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, बीमा अभिकर्ता, कृषक र संचारकर्मीहरु लगायतको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलाश गाउँपालिका पूर्ण खोप सुनिश्चिता गाउँपालिका घोषणा
-
लोकतन्त्रलाई बलियो बनाउन सुशासन र समृद्धि आवश्यक छ : उपाध्यक्ष श्रेष्ठ
-
मनसुनजन्य विपद् प्रतिकार्यका लागि कृत्रिम अभ्यास
-
रास्वपासँग आरोप–प्रत्यारोप हुँदैन : प्रचण्ड
-
११ करोड ठग्ने आरोपीको डेरामा बास !
-
मुख्यमन्त्री कार्की र चिनिया राजदूत सोङबीच भेटवार्ता