लघुवित्तले कर्जाको अधिकतम ब्याजदरको ५० प्रतिशत निक्षेपमा प्रदान गर्नुपर्ने
काठमाडौँ । केन्द्रीय बैंकले लघुवित्त वित्तीय संस्थाले प्रवाह गर्ने कर्जाको अधिकतम ब्याजदरको कम्तीमा ५० प्रतिशत ब्याजदर निक्षेपमा दिनुपर्ने व्यवस्था गरेको छ ।
बैंकले बुधबार लघुवित्त संस्थाका लागि एकीकृत निर्देशन, २०७८ लाई संशोधन गर्दै निक्षेप÷बचतको ब्याजदरको नयाँ व्यवस्था गरेको हो ।
निर्देशन नं. १५/०७८ को बुँदा नं २ थप गरी क्रमसंख्या मिलान गर्दै राष्ट्र बैंकले भनेको छ, ‘लघुवित्त वित्तीय संस्थाले प्रवाह गरेको कर्जाको अधिकतम ब्याजदरको कम्तीमा ५० प्रतिशत हुने गरी निक्षेप/बचतको न्यूनतम ब्याजदर तय गर्नुपर्नेछ ।’
यसको मतलब लघुवित्त संस्थाले जुन दरमा कर्जा प्रवाह गर्ने हो । त्यसको कम्तीमा ५० प्रतिशत ब्याज साधारण बचतमा बचकर्तालाई ब्याज प्रदान गर्नुपर्नेछ । यसअघि यस्तो ब्याजदरको व्यवस्था थिएन ।
यद्यपि, लघुवित्तले प्रभाबह गर्ने कर्जाको ब्याजदरको अधिकतम सीमा भने १५ प्रतिशत तोकिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण