उच्च रक्तचापबाट बच्ने उपाय
बिहीबार, ११ फागुन २०७९, १४ : ००
काठमाडौँ । अव्यवस्थित जीवन शैलीका कारण उच्च रक्तचापको समस्या हुन्छ । जसका कारण शरीरमा विभिन्न खालका स्वास्थ्य समस्याहरू देखिन्छ । स्वस्थ जीवनका लागि रक्तचाप परीक्षण र नियन्त्रण र उपचार मुख्य कुरा हो ।
नियमित जाँच गराउने र स्वस्थ जीवनशैली अपनाएर रक्तचाप नियन्त्रण गर्न सकिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
उच्च रक्तचापबाट बच्ने उपायहरू
–धूम्रपान र मदिरा सेवन नगर्ने
–हरिया सागसब्जी र फलफूल धेरै खाने
–खानामा नुनको प्रयोग कम गर्ने
–रातो र धेरै बोसोयुक्त मासु कम खाने
–नियमित व्यायाम तथा योग गर्ने
उच्च रक्तचापका लक्षणहरू
–टाउको दुख्ने रिँगटा लाग्ने
–थकान महसुस हुने
–एक्कासि नाकबाट रगत बग्ने
–वाकवाकी लाग्ने
–मुटुको धड्कन बढ्ने वा रोकिएजस्तो हुने
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण