शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपति निर्वाचनबारे निर्णय लिन राप्रपाले बोलायो बैठक

बिहीबार, ११ फागुन २०७९, १६ : १६
बिहीबार, ११ फागुन २०७९

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको बैठक आह्वान भएको छ । राष्ट्रपति निर्वाचनसहितका समसामयिक विषयमा छलफल र आवश्यक निर्णय लिन बैठक आह्वान भएको हो । 

शुक्रबार पार्टी कार्यालय धुम्बाराहीमा मध्यान्ह साढे १२ बजेका लागि बैठक तय भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । बैठकमा राष्ट्रपति निर्वाचन लगायतका समसामयिक विषयमा छलफल गरिने बताउँदै श्रेष्ठले पार्टीको आगामी रणनीतिबारे पनि  आवश्यक निर्णय हुने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप