तीन हजारभन्दा बढी अफगानीको स्वदेश फिर्ता
बिहीबार, ११ फागुन २०७९, २१ : ५१

काबुल । इरानमा शरणार्थी जीवन बिताइरहेका तीन हजारभन्दा बढी अफगान नागरिक स्वदेश फर्केका छन् । अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ता मामिला मन्त्रालयले इरानबाट आज तीन हजार पाँच सय ४१ जना अफगानी स्वदेश फर्केका जनाएको हो ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार विदेशमा शरण लिएका अफगान नागरिकको स्वदेश फिर्तीको क्रम जारी छ ।
बितेका छ महिनामा इरानबाट दुई लाख ७० हजारभन्दा बढी शरणार्थी घर फर्केका छन् । पच्चीस लाखभन्दा बढी अफगानी इरानमा शरण लिएर बसेका छन् भने त्यति नै सङ्ख्यामा अफगान नागरिक पाकिस्तानमा रहेका बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गिरुवारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध
-
चोरमाराको गिरवारी खोला पुल भाँसियो, निरीक्षणमा जाँदै प्रहरी
-
सहरका कथा पनि मौलिक हुन्छन्– केकी अधिकारी
-
१० बजे १० समाचार : ओली सामु देखिए ‘फरार’ सांसद, ‘लुटेरा निर्वाचन प्रणाली’ को विपक्षमा प्रचण्ड
-
कञ्चनजङ्घा आरोहणका क्रममा फ्रान्सेली नागरिकको मृत्यु
-
बर्खा नलाग्दै काभ्रेकाे पनौतीमा बाढी