पाकिस्तानका लागि जासुसी गरेको आरोपमा दिल्ली निवासी दोषी ठहर
दिल्लीका एक निवासीलाई एनआईएको विशेष अदालतले पाकिस्तानका लागि जासुसी गरेको अभियोगमा दोषी ठहर गरेको छ ।
दिल्लीको चाँदनी महल क्षेत्रमा बस्ने मोहम्मद परवेजलाई सन् २०१७ मा पाकिस्तानको गुप्तचर निकायका लागि जासुसी गरेको आरोप लागेको थियो ।
राष्ट्रीय अन्वेषण अभिकरण (एनआईए) का प्रवक्ताका अनुसार यो मुद्दा विदेशी गुप्तचर एजेन्सीहरूले भारतको संवेदनशील सीमा क्षेत्रमा तैनाथ सुरक्षाकर्मीहरूबाट जानकारी लिन रचेको षड्यन्त्रसँग सम्बन्धित छ । दिल्लीको चाँदनी महलका निवासी मोहम्मद परवेजलाई विशेष अदालतले भारतीय दण्ड संहिता र गैरकानूनी गतिविधि (रोकथाम) ऐनको विभिन्न धाराहरू अन्तर्गत दोषी ठहर गरेको प्रवक्ताले बताए ।
NIA Special Court, PHC, New Delhi Convicts 1 terrorist in Espionage case pic.twitter.com/UdeLsefFk3
— NIA India (@NIA_India) February 23, 2023
प्रवक्ताका अनुसार परवेज आफ्ना दिदीबहिनीहरूलाई भेट्न पाकिस्तान गएका बेला उनलाई हम्जा भाइ उर्फ बिलालले गुप्तचर जानकारी सङ्कलन गर्ने जिम्मेवारी दिएका थिए । उनले मार्च ९ मा अदालतले सजाय सुनाउने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण