पाकिस्तानका लागि जासुसी गरेको आरोपमा दिल्ली निवासी दोषी ठहर

दिल्लीका एक निवासीलाई एनआईएको विशेष अदालतले पाकिस्तानका लागि जासुसी गरेको अभियोगमा दोषी ठहर गरेको छ ।
दिल्लीको चाँदनी महल क्षेत्रमा बस्ने मोहम्मद परवेजलाई सन् २०१७ मा पाकिस्तानको गुप्तचर निकायका लागि जासुसी गरेको आरोप लागेको थियो ।
राष्ट्रीय अन्वेषण अभिकरण (एनआईए) का प्रवक्ताका अनुसार यो मुद्दा विदेशी गुप्तचर एजेन्सीहरूले भारतको संवेदनशील सीमा क्षेत्रमा तैनाथ सुरक्षाकर्मीहरूबाट जानकारी लिन रचेको षड्यन्त्रसँग सम्बन्धित छ । दिल्लीको चाँदनी महलका निवासी मोहम्मद परवेजलाई विशेष अदालतले भारतीय दण्ड संहिता र गैरकानूनी गतिविधि (रोकथाम) ऐनको विभिन्न धाराहरू अन्तर्गत दोषी ठहर गरेको प्रवक्ताले बताए ।
NIA Special Court, PHC, New Delhi Convicts 1 terrorist in Espionage case pic.twitter.com/UdeLsefFk3
— NIA India (@NIA_India) February 23, 2023
प्रवक्ताका अनुसार परवेज आफ्ना दिदीबहिनीहरूलाई भेट्न पाकिस्तान गएका बेला उनलाई हम्जा भाइ उर्फ बिलालले गुप्तचर जानकारी सङ्कलन गर्ने जिम्मेवारी दिएका थिए । उनले मार्च ९ मा अदालतले सजाय सुनाउने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेसी आबद्ध हुने समाचारपछि मियामीमा थपिए ४० लाखभन्दा बढी ‘फ्यान फलोअर’
-
निर्वाचन आयोग र राजनीतिक दलबीच आज छलफल
-
प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल जारी रहने
-
कामु प्रधानन्यायाधीश कार्कीविरुद्ध दर्जन उजुरी
-
केरला आइपुग्यो मनसुनी वायु, कहिले आइपुग्छ नेपाल ?
-
मौसम पूर्वानुमान : कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षा, तराईमा लू चल्ने