नेपालसहित १४१ देशले गर्यो संयुक्त राष्ट्र सङ्घमा रुसको विरोध, भारत र चीन अनुपस्थित
संयुक्त राष्ट्र आम सभाले बिहीबार युक्रेनमा शान्ति बहालीका लागि एक प्रस्ताव पारित गरेको छ । प्रस्तावमा रुसलाई युक्रेनमा युद्ध समाप्त गरेर आफ्नो सेना फिर्ता बोलाउन भनिएको छ ।
उक्त प्रस्तावको पक्षमा नेपालसहित १४१ देशले मत दिएका छन् । भारत र चीन यो प्रस्तावमा भोटिङ प्रक्रियामा समावेश भएन । यी दुई देशलगायत ३२ देश अनुपस्थित थिए । यस्तै, रुस, बेलारुस, उत्तर कोरिया, सिरिया, माली, इरिट्रिया र निकारागुआले भने प्रस्तावमा विपक्षमा मतदान गरे ।
१९३ सदस्यीय महासभाले युक्रेन र यसको समर्थकहरूको पक्षलाई स्वीकार गर्यो । प्रस्तावको शीर्षक ‘युक्रेनमा व्यापक, न्यायपूर्ण र दिगो शान्ति’ थियो ।
रुसले २४ फेब्रुअरी २०२२ मा युक्रेनमा आक्रमण गरेको थियो । आज यो युद्धको एक वर्ष पूरा भएको छ ।
यस अवधिमा संयुक्त राष्ट्र सङ्घको महासभा, सुरक्षा परिषद् र मानवअधिकार परिषद्ले बारम्बार आक्रमणको निन्दा गर्दै सार्वभौमसत्ता, स्वतन्त्रता, एकता र क्षेत्रीय अखण्डताप्रति युक्रेनको प्रतिबद्धतालाई जोड दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण