६१ सहसचिवको सरुवा, सबैभन्दा बढी गृह मन्त्रालयमा
काठमाडौँ । नेपाल सरकारले ६१ जना सहसचिवको सरुवा गरेको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले संघ तथा प्रदेशका विभिन्न मन्त्रालय मातहतमा कार्यरत सहसचिवहरूको सरुवा गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले ६१ सहसचिवको सरुवा गरिएको पुष्टि गरे ।
सरुवाको सूची संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार गरेको हो । सरुवा हुनेमा सबैभन्दा बढी गृह मन्त्रालयका रहेका छन् । गृह मन्त्रालयमा रहेका १० जनालाई सरुवा गरिएको छ भने अन्य १० लाई गृहमै ल्याइएको छ । मन्त्रालयका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, र प्रदेश मन्त्रालयका सहसचिवहरूको पनि सरुवा गरिएको छ । हालै बढुवा भएका १५ जना सहसचिवलाई प्रदेश मन्त्रालयमा सरुवा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण