बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

४६ लाख कित्ता संस्थापक सेयर बेच्दै प्रभु बैंक

शुक्रबार, १२ फागुन २०७९, १० : ४०
शुक्रबार, १२ फागुन २०७९

काठमाडौँ । प्रभु बैंकले आजदेखि ठुलो परिमाणको संस्थापक सेयर बिक्री खुला गरेको छ । बैंकले ४६ लाख ७४ हजार ३९६ कित्ता सेयर लिलामी बिक्री खुला गरेको हो । 

बैंकले संस्थापक सेयरको मूल्य प्रतिकित्ता १२३ रुपैयाँ राखेको छ । प्रभुको संस्थापक सेयर लिलामी प्रक्रियामा कम्पनीका संस्थापक सेयर धनीसहित इच्छुक लगानीकर्ता संस्थाले सहभागिता जनाउन पाउँछन् । 

सेयरको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । कम्पनीको सेयर किन्न इच्छुक लगानीकर्ता संस्थाले फागुन २६ गतेसम्म आवेदन दिनुपर्ने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप