गंगालाल श्रेष्ठद्वारा राष्ट्रपतिमा उम्मेदवारी घोषणा
काठमाडौँ । नेपाल नौलो जनवादी पार्टीका अध्यक्ष गंगालाल श्रेष्ठले राष्ट्रपति पदमा उम्मेदवारी घोषणा गरेका छन् । शुक्रबार संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरेर श्रेष्ठले देशमा शान्ति र स्थिरताको लागि आफूले राष्ट्रपतिमा उम्मेदवारी दिन लागेको बताएका हुन् ।
पत्रकार सम्मेलनमा श्रेष्ठले नेपाली जनताले देशले राजनीतिक निकास पाएको र समृद्ध नेपाल भएको देख्न चाहे पनि केही राजनीतिक पार्टीका कारण त्यो सम्भव नभएको बताए । उनले देशको अस्मितामाथि गिद्धे नजर लगाएकाहरूलाई परास्त गर्न र उन्नति र प्रगतिमा जान नदिनेविरुद्ध आफ्नो उम्मेदवारी भएको बताए । उनले आफूले देशको समृद्धिको अभियानमा लाग्दा ज्यान मार्ने धम्की समेत आएको समेत बताए ।
रिक्सा चलाएर पत्रकार सम्मेलन स्थल पुगेका श्रेष्ठले देशमा शान्ति र समृद्धिको नारा बोकेर २०७८ फागुन २८ गतेबाट ७७ वटै जिल्लामा रिक्सा यात्रा गरेको जानकारी गराउँदै आफूलाई राष्ट्रपति चुनावमा सहयोग गर्न दलहरूलाई अपिल समेत गरे ।
‘उम्मेद्वारी दर्ता गराउन प्रस्तावक र समर्थक आवश्यक पर्ने भएको हुनाले २०७९ साल फाल्गुन १३ गते हुने राष्ट्रपति उम्मेदवारको लागि मनोनयन दर्ता गराउनको निम्ति संसदीय दलको मान्यता प्राप्त गर्नु भएको दल र माननीय संघीय सांसद एवं प्रदेश सांसद ज्यूहरू समक्ष मलाई राष्ट्रपतिको पदमा उम्मेदवारी दिन प्रस्ताव र समर्थन सहित आवश्यक सहयोग गरी दिनु हुन् यसै पत्रकार सम्मेलनमार्फत अपिल गर्दछु,’ पत्रकार सम्मेलनमा वितरण गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण