ब्रिटिस काउन्सिलको आयोजनामा छैटौँ शैक्षिक गोष्ठी
काठमाडौँ । ब्रिटिस काउन्सिलले नेपालमा छैटौँ शैक्षिक गोष्ठी आयोजना गरेको छ । ‘नेपालमा शिक्षण, सिकाइ र मूल्याङ्कन प्रणालीमा समावेशिता र गुणस्तरको विकास’ भन्ने नाराका साथ छैटौँ शैक्षिक गोष्ठी आयोजना गरिएको हो ।
यस वर्षको शिक्षा गोष्ठीले नेपालको विद्यालय शिक्षा क्षेत्र योजना, नेपालको शिक्षा नीति २०१९ र २१ औँ शताब्दीको विद्यालय शिक्षा प्रणालीका आवश्यकताहरू र यसका प्राथमिकताहरूसँग मिल्दोजुल्दो नेपालको समावेशी र गुणस्तरीय विद्यालय शिक्षाका चार क्षेत्रहरूमा केन्द्रित थियो ।
यो वर्षको गोष्ठीमा शिक्षकहरूको व्यावसायिक विकास, समावेशी शिक्षा, कला मार्फत रचनात्मक शिक्षा र मूल्याङ्कन विषयमा समूहगत छलफल तथा विचार आदानप्रदान गरिएको थियो ।
कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र यसका लाइन एजेन्सीहरूका प्रमुख सरकारी सरोकारवालाहरूका साथै प्रदेश तथा स्थानीय सरकारका अधिकारीहरू, विकास साझेदारहरू, नीति निर्माताहरू, योजनाकारहरू, प्रशासकहरू, शिक्षाविद्हरू, अनुसन्धानकर्ताहरू र निजामती सेवा संस्थाहरूका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै शिक्षा मन्त्रालयका सचिव रामप्रसाद सुवेदीले उक्त गोष्ठीमा उठान भएका कुराहरू मन्त्रालयले हाल विकास गरिरहेको नयाँ विद्यालय शिक्षा क्षेत्र योजनाको प्रतिबिम्बित भएको बताए ।
यसलाई सफलतापूर्वक कार्यान्वयन गर्न व्यवहारिक तरिकाहरू समावेश गर्नेमा आफूहरू आशावादी रहेको बताए ।
ब्रिटिस काउन्सिलका नेपालका कन्ट्री डाइरेक्टर शाहिदा म्याकडुगलले नेपालमा ६४ वर्षभन्दा बढी समयदेखि शिक्षा, भाषा, सीप, कला र युवा विकासमा काम गर्दै आएको बताए । उक्त क्षेत्रका लाखौँ मानिसहरूलाई आबद्ध गरिएको र धेरै संस्थाहरूलाई सहयोग गर्दै आएको उनको भनाई छ ।
वार्षिक शिक्षा गोष्ठीले नेपाल सरकारको शिक्षा क्षेत्र सुधारलाई समर्थन गर्ने एउटा तरिका रहेको बताए । गोष्ठीले शिक्षाविद् र नीति निर्माताहरूलाई नीति र तिनको कार्यान्वयनका अवसर र चुनौतीहरूबारे छलफल गर्न एकसाथ ल्याएको उनको भनाई छ ।
कार्यक्रममा नेपालमा शिक्षक शिक्षा र विकासको अवस्थाबारे अनुसन्धान प्रतिवेदन पनि सार्वजनिक गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण