शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

काठमाडौँमा एकै दिन दुई जना मृत फेला

शुक्रबार, १२ फागुन २०७९, १६ : १९
शुक्रबार, १२ फागुन २०७९

काठमाडौँ । काठमाडौँमा एकै दिन दुई जना मृत फेला परेका छन् । काठमाडौँको शंखरापुर र बुढानीलकण्ठमा एक पुरुष र महिला मृत अवस्थामा फेला परेका हुन् ।

शंखरापुर नगरपालिका-६ शलम्बुटारस्थित जंगलमा गोकर्णेश्वर नगरपालिका-५ बस्ने ५५ वर्षीय पुण्य प्रसाद चौलागाई शुक्रबार मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । त्यस्ता बुढानीलकण्ठ नगरपालिका-१२ कपन डेरा गरी बस्ने इलाम घर भएकी ३६ वर्षीया सरु अर्याल राई आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् । 

उता धनकुटाको महालक्ष्मी नगरपालिका-५ ज्यामिरे बस्ने ७० वर्षीय मान बहादुर बस्नेत आफ्नै घरको कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा बस्नेतको शव फेला परेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले घटनाको थप अनुसन्धानको लागि १ जनालाई नियन्त्रणमा लिएको छ । 

त्यसैगरी रौतहटको गौर नगरपालिका-२ स्थित सुदर्शन आँखा अस्पताल नजिक भारत घर भएका ६० वर्षीय श्याम बहादुर यादव शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।  

यस्तै प्युठानको ऐरावती गाउँपालिका-१ देउराली बस्ने बुद्धिराम सोमैको घरमा अर्घाखाँची ढाकावाङ घर बताउने मागी खाँदै हिँड्ने ८० वर्षीय कृष्ण खनाल शुक्रबार मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप