सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपति देशको अनुहार हो, सहमति कायम गरौँ : मन्त्री खान

शुक्रबार, १२ फागुन २०७९, १८ : १४
शुक्रबार, १२ फागुन २०७९

काठमाडौँ । खानेपानी मन्त्री अब्दुल खानले आफूहरू राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने पक्षमा रहेको बताएका छन् । जनमत पार्टीको वरिष्ठ उपाध्यक्ष समेत रहेका मन्त्री खानले शुक्रबार संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै आफ्नो पार्टी राष्ट्रपतिका लागि राष्ट्रिय सहमतिको पक्षमा रहेको बताएका हुन् । 

उनले राष्ट्रपति देशको अनुहार भएको भन्दै त्यसमा विवाद गर्नु नहुने बताए । उनले भने – ‘राष्ट्रिय सहमतिकै कुरामा हामीले मुख्य रूपमा विश्वास राखेका छौँ अहिलेसम्म । मैले अहिलेसम्म थाहा पाएको छैन, हामीसँग छलफल हुने, कसैले हामीलाई डाकेको र कसैले हामीलाई बोलाएको ठुला पार्टीहरूले मलाई थाहा छैन । काँग्रेस वा एमाले गठबन्धनमा हाम्रो त्यति धेरै चासोको विषय छैन । किनभने हाम्रो राष्ट्रपति, उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गर्ने पनि कुरा छैन । अहिलेसम्म ठुला दलले सोच्नुपर्ने हो । हामी त राष्ट्रिय सहमतिकै पक्षमा छौँ । राष्ट्रपति भनेको देशको अनुहार हो । त्यसमा विवाद गर्नु हुँदैन । राष्ट्रपतिमा सहमति गरौँ भन्ने मेरो सोच हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप