सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

उपराष्ट्रपति जसपालाई दिने सैद्धान्तिक सहमति

शुक्रबार, १२ फागुन २०७९, १९ : ४१
शुक्रबार, १२ फागुन २०७९

काठमाडौँ । राष्ट्रपति पद नेपाली कांग्रेसले पाएसँगै उपराष्ट्रपतिको पद जसपा नेपालले पाउने भएको छ । आठ दलको शुक्रबार साँझ भएको बैठकमा सो पद जसपालाई दिने सैद्धान्तिक सहमति भएको हो ।

नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले रातोपाटीसँग कुराकानी गर्दै भने, ‘अहिले नै उपराष्ट्रपतिको उम्मेदवारी दर्ता गर्ने बेला भएको छैन । त्यसैले यसबारे ठोस सहमति भन्दा पनि जसपालाई नै सो पद दिने आठ दलबीच सैद्धान्तिक सहमति भएको छ ।’ उनले आगामी बैठकले यस विषयमा पनि ठोस निर्णय गर्ने बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रस्ताव अनुसार संघीय संसद्को ठुलो दल नेपाली कांग्रेसले राष्ट्रपति पद पाउने भएको छ । प्रधानमन्त्री निवासमा भएको बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा नेपाल, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी, लोसपा र जनमत पार्टीको सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप