उपराष्ट्रपति जसपालाई दिने सैद्धान्तिक सहमति
काठमाडौँ । राष्ट्रपति पद नेपाली कांग्रेसले पाएसँगै उपराष्ट्रपतिको पद जसपा नेपालले पाउने भएको छ । आठ दलको शुक्रबार साँझ भएको बैठकमा सो पद जसपालाई दिने सैद्धान्तिक सहमति भएको हो ।
नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले रातोपाटीसँग कुराकानी गर्दै भने, ‘अहिले नै उपराष्ट्रपतिको उम्मेदवारी दर्ता गर्ने बेला भएको छैन । त्यसैले यसबारे ठोस सहमति भन्दा पनि जसपालाई नै सो पद दिने आठ दलबीच सैद्धान्तिक सहमति भएको छ ।’ उनले आगामी बैठकले यस विषयमा पनि ठोस निर्णय गर्ने बताए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रस्ताव अनुसार संघीय संसद्को ठुलो दल नेपाली कांग्रेसले राष्ट्रपति पद पाउने भएको छ । प्रधानमन्त्री निवासमा भएको बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा नेपाल, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी, लोसपा र जनमत पार्टीको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण