वन्यजन्तुले गरायो उठिबास
धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका–३, सिबुवा गाउँमा केही वर्षअघि १३ घरपरिवारको बसोबास थियो तर उनीहरू सडक, खानेपानीलगायतका सुविधा नहुँदा समस्याबाट गुज्रिइरहेका थिए ।
सडक बिजुलीलगायत विकासका पूर्वाधार क्रमशः बन्दै गएकाले पछिल्लो समय सबै कुरा सहज हुँदै गएको थियो । पूर्वाधारको विकास भए पनि गाउँमा स्थानीयवासी अडिन सकेनन् । स्थानीयवासीले गाउँ छाड्नुको मुख्य कारण बन्यो खानेपानीको समस्या र जङ्गली जनावरको आतङ्क ।
बाँदर, बँदेललगायतका जङ्गली जनावरको आतङ्कका कारण खेतबारीमा बाली उब्जाउनै नसकेपछि स्थानीय बसाइँ सर्न बाध्य भएका हुन् । स्थानीय नेत्र थापाले भने, “गाउँमा १३ घर थियौँ, सडक, बिजुलीलगायतका पूर्वाधार त थिए तर पानीको समस्या थियो । त्यसमाथि बाँदरलगायतका जङ्गली जनावरले दुःख दिन थालेपछि गाउँ छाड्न सबै बाध्य भए । अब तीन घर मात्र बाँकी रहेका छौँ ।”
बाँदर, बँदेललगायतका जङ्गली जनावरको आतङ्कका कारण खेतबारीमा बाली उब्जाउनै नसकेपछि स्थानीयवासी बसाइँ सर्न बाध्य भएका हुन् । धनकुटा नगरपालिका–९, माहाङमा करिब ५० परिवारको बसोबास छ । सबैको आर्थिक उपार्जनको माध्यम कृषि हो तर माहाङमा अहिले आधाभन्दा बढी जमिन बाँझो छ । यहाँको समस्या पनि जङ्गली जनावरको आतङ्क नै हो । बाली सखाप पारेपछि घर वरिपरिबाहेक अन्य क्षेत्रमा खेती गर्न छाडेको स्थानीय रविन घिमिरेले बताए ।
उनले भने, “बसाइँ सरेर जान सक्ने अवस्था भएका गए तर अवस्था नै नभएका भने गाउँमा बसेका छन् तर पहिले गरेको खेतीको क्षेत्र घटाएका छन् ।” जङ्गलसँगै जोडिएका बस्तीमा वन्यजन्तुले बर्सेनि सताउँदै आएको छ । यो समस्या एक क्षेत्रमा मात्र नभई समग्र जिल्लाभर नै रहेको छ । जिल्लाका सातै पालिकामा जङ्गली जनावरको आतङ्क बढेको स्थानीयको गुनासो छ । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
-
सांसद सागर ढकाल सवार गाडी दुर्घटना
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण