शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

गठबन्धन ब्युँत्याएर मात्र सानेपा प्रवेश गरे देउवा

शनिबार, १३ फागुन २०७९, ०९ : २८
शनिबार, १३ फागुन २०७९

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पुस १० पछि पहिलो पटक पार्टी कार्यालय सानेपा पुगेका छन् । तत्कालीन पाँच दलीय सत्ता गठबन्धन भत्किएपछि पार्टी कार्यालय नगएका उनी आठ दलीय गठबन्धन बनेपछि मात्र सानेपा यात्रा तय गरेका हुन् । 

कांग्रेसले पुस २२, २८ र माघ १५ गते सानेपामा केन्द्रीय कार्यसमिति बैठक बोलाइएको थियो । पुरानो गठबन्धन ब्युँताउने कसरतमा रहेका देउवाले सो  बैठक स्थगित गरेका थिए । 

योबीचमा देउवाले कार्यसम्पादन र पदाधिकारी बैठक धुम्बाराहीमा राख्दै आएका थिए । पुरानो गठबन्धन ब्युँताउने सहमति र राष्ट्रपतिमा आठ दलको समर्थन पाएपछि कांग्रेस  कार्यसम्पादन समिति बैठक सानेपामा बसेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप