गठबन्धन ब्युँत्याएर मात्र सानेपा प्रवेश गरे देउवा
शनिबार, १३ फागुन २०७९, ०९ : २८
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पुस १० पछि पहिलो पटक पार्टी कार्यालय सानेपा पुगेका छन् । तत्कालीन पाँच दलीय सत्ता गठबन्धन भत्किएपछि पार्टी कार्यालय नगएका उनी आठ दलीय गठबन्धन बनेपछि मात्र सानेपा यात्रा तय गरेका हुन् ।
कांग्रेसले पुस २२, २८ र माघ १५ गते सानेपामा केन्द्रीय कार्यसमिति बैठक बोलाइएको थियो । पुरानो गठबन्धन ब्युँताउने कसरतमा रहेका देउवाले सो बैठक स्थगित गरेका थिए ।
योबीचमा देउवाले कार्यसम्पादन र पदाधिकारी बैठक धुम्बाराहीमा राख्दै आएका थिए । पुरानो गठबन्धन ब्युँताउने सहमति र राष्ट्रपतिमा आठ दलको समर्थन पाएपछि कांग्रेस कार्यसम्पादन समिति बैठक सानेपामा बसेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण