पौडेलले भने-ओलीजी पनि मसँग जेलमा बस्नुभएको हो, सर्वसम्मत हुने इच्छा छ
शनिबार, १३ फागुन २०७९, १९ : ००
काठमाडौँ । भावी राष्ट्रपतिमा उम्मेदवारी दर्ता गरेपछि नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलले आफू सर्वसम्मत चयन हुने विश्वास ब्यक्त गरेका छन् । बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा उम्मेदवारी दर्ता गराए पछि पौडेलले राष्ट्रपतिमा सर्वसम्मत हुने विश्वास व्यक्त गरेका हुन् ।
‘ओलीजी पनि मसँग जेलमा बस्नुभएको हो, पुरानो साथी हो। उहाँले पनि सबैको साझा पदमा सहमति जुटाउन योगदान गर्नुहोला भन्ने विश्वास लिएको छु,’ पौडेलले सञ्चारकर्मीसँग भने, ‘मैले सर्वसम्मत बन्ने इच्छा गरेको हो। निर्वाचनको दिनसम्म कोसिस रहन्छ।’
संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र संस्थागत गर्न अहिलेको चुनौती भएकाले आफ्नो भूमिका त्यसमा केन्द्रित हुने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण