सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

‘राष्ट्रपति निर्वाचनपछि पनि प्रचण्ड निरन्तर प्रधानमन्त्री’

शनिबार, १३ फागुन २०७९, १६ : ३४
शनिबार, १३ फागुन २०७९

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङले राष्ट्रपति निर्वाचन पछि पनि प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्डको निरन्तरता हुने बताएका छन् । 

शुक्रवार नयाँ बानेश्वरस्थित संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले राष्ट्रपतिको निर्वाचनपछि पनि प्रधानमन्त्री पुष्पकमल दाहाल नै रहने बताएका हुन् ।  प्रधानमन्त्रीमा दाहालकै निरन्तरता हुनुले सरकार अस्थिर भन्न नमिल्ने उनको भनाइ थियो । 

उनले भने,  ‘२५ गते पछि पनि प्रचण्डजी नै प्रधानमन्त्री रहिरहनुहुन्छ । त्यसो भएपति अस्थिर कसले भन्ने ? प्रचण्डजी नै निरन्तर प्रधानमन्त्री हो । धेरै पहिलादेखि भनेको थिएँ, र अहिले पनि भनिराखेको छु, निरन्तर प्रधानमन्त्री उहाँ नै हो ।’

नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रपतिको रूपमा संविधानको रक्षा गर्ने उपयुक्त पात्र रामचन्द्र पौडेल भएको बताए । 

उनले भने, ‘उम्मेदवारको रूपमा रामचन्द्रजी जत्तिको व्यक्ति जो धेरै सिनियर, खारिएको र प्रत्येक आन्दोलनमा उहाँको भूमिका अत्यन्त महत्त्वपूर्ण र त्यसमा पनि अहिले जुन संविधान छ, त्यसलाई रक्षा गर्ने उपयुक्त पात्रको रूपमा हामीहरूले लिएका छौँ । र मलाई विश्वास छ, उहाँको जित सुनिश्चित छ भने पनि हुन्छ । सरकारमा एमालेले के गर्छ ? अहिले त छोडेको छैन एमालेले । एमाले सरकारमा हुँदाहुँदै हामी कसरी सरकारमा जाने ? सरकार त पुरै छ नि त । त्यसै जाने भनेर त जाने होइन नि सरकारमा ।’

त्यस्तै जनता समाजवादी पार्टी, नेपालका नेता प्रकाश अधिकारीले राष्ट्रपतिको निर्वाचन पछि जसपा सरकारमा जाने बताए । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप