मकवानपुरबाट लागुऔषध र हातहतियारसहित ५ जना पक्राउ
हेटौँडा । प्रहरीले मकवानपुरबाट विभिन्न हातहतियार तथा लागूऔषधसहित ५ जनालाई पक्राउ गरेको छ । शुक्रबार राती प्रहरीले १३ केजी चरेश, १५ सय केजी गाँजा र विभिन्न हातहतियारसहित ५ जनालाई पक्राउ गरेको हो । जिल्लाको कैलाश गाउँपालिका–६ दुम्सीखर्कबाट कटुवा पेस्तोल १ थान, सोही पेस्तोलको गोली ६ राउण्ड, भरुवा बन्दुक १ थान, गाँजा १ हजार ५ सय १५ केजी र चरेश १३ केजीसहित ५ जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेहरूमा कैलाश गाउँपालिका–६ दुम्सीखर्क बस्ने ७६ वर्षीय जितबहादुर मोक्तान, २८ वर्षीय विजय मोक्तान, ४० वर्षीय रत्न घले, २२ वर्षीय अशोक घले र २२ वर्षीय शिखर घले रहेका छन् ।
जितबहादुरको घर र गोठ खनतलासी गर्दा हातहतियार र लागूऔषध फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका ५ जना र बरामद लागुऔषधका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण