रास्वपाले राष्ट्रपति निर्वाचनमा पौडेल र नेम्वाङ दुबै उम्मेदवारलाई समर्थन गर्दैनः श्रेष्ठ
शनिबार, १३ फागुन २०७९, १९ : ५०
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले राष्ट्रपति निर्वाचनमा दुबै उम्मेदवारलाई समर्थन नगर्ने बताएका छन् ।
शनिबार राष्ट्रपतिमा आठ दलको तर्फबाट कांग्रेस नेता रामचन्द्र पौडेल तथा एमालेको तर्फबाट सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दर्ता गराएकामा श्रेष्ठले पार्टीले दुबै उम्मेदवारलाई समर्थन नगर्ने बताएका हुन् । उनले दलहरु पदीय स्वार्थमा लागेको पनि आरोप लगाए ।
‘आठ दलीय १२ दलीय जति दलीय होस् । देशको मुलभूत विषयमा राष्ट्रिय सहमति हुन सकेको छैन’, उनले भने, ‘तर पदका लागिमात्रै अहिले सहमति भएको हो ।’
उनले पछिल्लो राजनीतिक घटनाक्रमले आफ्नो पार्टीले सरकार छाडेको औचित्य पुष्टि भएको पनि दाबी गरे । अहिलेसम्म आफ्नो पार्टी कसैलाई पनि समर्थन गर्ने पक्षमा नरहेको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सातापछि मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
-
विज्ञहरूको पर्याप्त सुझावविना विधि विज्ञान प्रयोगशाला विधेयक अघि बढ्दैन: मन्त्री पोखरेल
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण