‘सँगै जिउने सँगै मर्ने’ भन्दै नाचिन् तरकारीवाली
काठमाडौं – तरकारीवालीबाट परिचित कुशुम श्रेष्ठ अभिनित चलचित्र ‘लम्फू’को पहिलो गीत ‘सँगै जिउने सँगै मर्ने’ भिडियो सहित सार्वजनिक भएको छ । गीतमा तरकारीवालीके नामले चर्चित कुशुम श्रेष्ठको अलवा कबिर खड्का र मरिष्का पोखरेल, चाँदनी शर्मा र सञ्जित भण्डारीको समेत अभिनय देख्न सकिन्छ ।
२५ बैशाख रिलिज मिति तोकिएको ‘लम्फु’को यो गीतमा प्रेम जोडीले मायासाटासाट गरेको देख्न सकिन्छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा अर्जुन पोखरेलको संगीत र शुरेष लामा र अप्सरा घिमिरेको स्वर रहेको छ ।
गोपालचन्द्र लामिछानेको निर्देशनमा तयार ‘लम्फू’मा सलोन बस्नेत, कुशाग्र भट्टराई(बालकलाकार), आर्यन खड्का, ओम गुरुङ, अजित लामिछाने, सन्तोष कार्की, कुशल गुरुंङ, काजोल, रश्मी भट्ट, जानुका पौडेल, पुष्प आचार्य, झलक कार्की लगायतको अभिनय रहेको छ ।
एक युवाको जीवनमा नचाहेरै आईपर्ने विभिन्न उतारचढाव चलचित्रमा रेहको निर्देशक लामिछानेले बताए ।
‘लम्फू’लाई पपुलर मल्टिमीडियाको लागि शक्तिबल्लभ घोरासैनीले निर्माण गरेका हुन् । भूपतिको लेखन, दीपक बज्राचार्यको छायांकन रहेको चलचित्रको सम्पादक हरि सिलवालले गरेकाछन् । पुनम गौतमको चलचित्रमा कस्ट्युम डिजाईन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण