ग्लोबल आइएमई बैंकको डिबेन्चर बाँडफाँट
काठमाडौँ । ग्लोबल आइएमई बैंकले खुलाएको डिबेन्चर बाँडफाँट गरिएको छ । ५ वर्ष अवधि तथा वार्षिक ११.२५% व्याजदर भएको “ग्लोबल आइएमई डिबेन्चर २०८४/८५” बाँडफाट गरिएको हो ।
प्रति शेयर १००० रुपैयाँ अङ्कित दरको ५० लाख कित्ता डिबेन्चरहरु मध्ये ३० लाख कित्ता डिबेन्चर व्यक्तिगत तवरबाट तथा २० लाख (सामुहिक लगानी कोषलाई छुट्टाइएको १ लाख कित्ता सहित) कित्ता डिबेन्चर सर्वसाधारणहरुको लागि गत माघ २९ देखि फागुन गतेसम्म निष्काशन तथा बिक्री खुला गरिएको थियो । जसअनुसार आएको आवेदनहरु फागुन १२ गते बाँडफाँड गरिएको हो ।
जसअनुसार ब्यक्तिगत तवरबाट निष्काशन गरिएको ३० लाख कित्ता डिबेन्चरको लागि ५२,१५,००० कित्ता आवेदन प्राप्त भएकोमा समानुपातिक हिसाबले ३० लाख कित्ता डिबेन्चर बाँडफाँड गरिएको बैंकले जनाएको छ । सर्वसाधारणहरुको लागि निष्काशन गरिएको १९,३०,००० कित्ता (सामुहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको ७०,००० कित्ता बाहेक) डिबेन्चरका लागि जम्मा १,२६६ जना आवेदकहरुको कूल २१,३१,२९४ कित्ता डिबेन्चर प्राप्त हुन आएको जनाइएको छ ।
जारी गरिएको डिबेन्चर संख्या भन्दा १.१० गुणा बढी संख्यामा खरीदका लागि आवेदन प्राप्त भएको भन्दै बैंकले २५ देखि ३,००,००० कित्ता सम्म माग गर्ने १,२६४ जना आवेदकहरुलाई एकै समूह राखी माग बमोजिम ११,३१,२९४ कित्ता र ५,००,००० कित्ता माग गर्ने २ जना आवेदकहरुलाई समानुपातिक रुपमा ७,९८,७०६ कित्ता गरी जम्मा १९ लाख ३० हजार कित्ता डिबेन्चर बाँडफाँट गरिएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण