लगातार फिल्म भएपछि के भने अक्षयले ?
मुम्बई । बलिउड अभिनेता अक्षय कुमारका एकपछि अर्को फिल्म बक्स अफिसमा फ्लप भइरहेका छन् । हालैको एक अन्तर्वार्तामा अक्षयलाई लगातार चार फिल्म फ्लप भएको बारेमा सोधिएको थियो । जसको जवाफमा उनले यस्तो पहिलो पटक नभएको बताए ।
उनको करियरमा एक समय यस्तो थियो जब उनका लगातार १६ फिल्म फ्लप भए । त्यसपछि फेरि एकपटक उनका लगातार आठ फिल्म फ्लप भए ।
अक्षय कुमारले भने, ‘मेरा धेरै फिल्महरू बक्स अफिसमा चल्न सकेनन् । यसमा मेरो बाहेक कसैको दोष छैन । दर्शक बदलिँदै गएकाले अब मानिसहरू फिल्ममा अर्कै कुरा हेर्न चाहन्छन् । यसका लागि हामीले पनि परिवर्तन गर्नुपर्छ, जसको लागि म सक्दो प्रयास गरिरहेको छु ।’
अक्षय कुमारले थप भने, ‘जब तपाईंका फिल्महरू लगातार फ्लप हुन्छन् । यो तपाईंको लागि परिवर्तनको अलार्म हो। यसको लागि हामीले दर्शक वा अरू कसैलाई दोष दिनु हुँदैन। यो शत प्रतिशत मेरो गल्ती हो।’
१५ फिल्म फ्लप भएपछि आफूले क्यानडामा नागरिकताका लागि आवेदन दिएको अक्षयले हालै खुलासा गरेका थिए । यसबारेमा अक्षयले भनेका थिए, ‘मलाई लाग्यो कि अब मेरो फिल्म चल्दैन र काम गर्नुपर्छ । म कामको लागि त्यहाँ गएको थिएँ । मेरो साथी क्यानडामा थियो । उसले यता आऊ भन्यो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण