राष्ट्रपति निर्वाचनका लागि राष्ट्रियसभामा कुन दलको कति मत भार ?
काठमाडौँ । यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि एमालेका तर्फबाट पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ र नेपाली कांग्रेस, माओवादी केन्द्र सहितको गठबन्धनबाट रामचन्द्र पौडेल चुनावी प्रतिस्पर्धामा रहेका छन् ।
राष्ट्रपतिको निर्वाचनमा प्रतिनिधिसभा, राष्ट्रियसभा तथा प्रदेशसभा सांसद मतदाताका रूपमा रहन्छन् । प्रतिनिधि सभाका सांसद र राष्ट्रियसभाका एक सांसद बराबर ७९ मत कायम गरिएको छ भने प्रदेशसभा सांसदको मत भार ४८ रहेको छ ।
राष्ट्रियसभामा ५९ जना सांसद रहेका छन् । जसअनुसार राष्ट्रियसभामा कुल ४ हजार ६६१ मत रहेको छ ।
दलगत आधारमा मत हेर्दा राष्ट्रियसभामा नेपाली कांग्रेसका १० सांसद रहेका छन् जसअनुसार कांग्रेसको ७९० मत रहेको छ । एमालेका १८ सांसद छन् जसअन्तर्गत १४२२ मत रहेको छ ।
माओवादी केन्द्रका १५ सांसद छन् जसअन्तर्गत ११८५ सांसद रहेका छन् । नेकपा एकीकृत समाजवादीका ८ सांसद अर्थात ६३२ मत रहेको छ । जनता समाजवादी पार्टीको ३ सांसद अर्थात २३७ मत रहेको छ । लोकतान्त्रिक समाजवादी पार्टीका १ सांसद अर्थात ७९ मत रहेको छ । जनमोर्चाका १ सांसद अर्थात ७९ मत रहेको छ भने मनोनीत सांसद ३ जना अर्थात २३७ मत गरी कूल ४ हजार ६६१ मत रहेको छ । राष्ट्रियसभामा मनोनित सांसदहरूमा वामदेव गौतम, विमला राई पौड्याल, नारायण दाहाल रहेका छन् ।
यो आधारमा राष्ट्रपतिको निर्वाचनमा बनेको गठबन्धन दल र मनोनीत सांसद नारायण दाहालको मतसमेत जोड्दा ३ हजार १६० हुन्छ । यस्तै एमालेमा स्वतन्त्र सांसद विमला राई पौड्यालको मत समेत जोड्दा १ हजार ५०१ हुन्छ । स्वतन्त्र सांसद वामदेव गौतमले भने कसलाई भोट दिन्छन् टुङ्गो छैन । राष्ट्रियसभाको मत भार पनि रामचन्द्रको पक्षमा धेरै देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
-
मुख्यमन्त्रीलाई नबुझाउँदै कसरी बाहिरियो एमालेका मन्त्रीहरूको राजीनामापत्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण