वर्षा र चट्याङले केपी ओली कपको खेल स्थगित
काठमाडौँ । राजधानीमा जारी केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिता विभागीय टोली त्रिभुवन आर्मी क्लब र सातादोबाटो युथ क्लबबीचको खेल भारी वर्षा र चट्याङका कारण स्थगित भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा आईतवार भारी वर्षा र चट्याङ भएपछि खेल स्थगित भएको हो ।
पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेल ५३ औँ मिनेटसम्म चलिरहँदा भारी वर्षा र गड्याङगुडुङ भएपछि आयोजकले दोस्रो हाफको खेल स्थगित गरेको हो । दोस्रो हाफको खेल सोमवार बिहान ११ बजेलाई तय गरिएको छ । सोमवारकै लागि दोस्रो सेमिफाइनल पनि तय गरिएको छ । दोस्रो सेमिफाइनल खेल भने दिनको ३ बजे हुनेछ । खेल मच्छिन्द्र फुटबल क्लब र आयोजक केपी ओली फुटबल क्लवबीच प्रतिस्पर्धा हुनेछ ।
राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण