आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

वर्षा र चट्याङले केपी ओली कपको खेल स्थगित

आइतबार, १४ फागुन २०७९, १८ : ५२
आइतबार, १४ फागुन २०७९

काठमाडौँ । राजधानीमा जारी केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिता विभागीय टोली त्रिभुवन आर्मी क्लब र सातादोबाटो युथ क्लबबीचको खेल भारी वर्षा र चट्याङका कारण स्थगित भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा आईतवार भारी वर्षा र चट्याङ भएपछि खेल स्थगित भएको हो । 

पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेल ५३ औँ मिनेटसम्म चलिरहँदा भारी वर्षा र गड्याङगुडुङ भएपछि आयोजकले दोस्रो हाफको खेल स्थगित गरेको हो । दोस्रो हाफको खेल सोमवार बिहान ११ बजेलाई तय गरिएको छ । सोमवारकै लागि दोस्रो सेमिफाइनल पनि तय गरिएको छ । दोस्रो सेमिफाइनल खेल भने दिनको ३ बजे हुनेछ । खेल मच्छिन्द्र फुटबल क्लब र आयोजक केपी ओली फुटबल क्लवबीच प्रतिस्पर्धा हुनेछ ।

राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप