पुस १० को सम्झौता कार्यान्वयन नगरे माओवादी पतन हुन्छ : नेता भट्टराई
जुम्ला । नेकपा एमालेका सचिव योगेश भट्टराईले माओवादी केन्द्रले पुस १० को सम्झौता कार्यान्वयन गर्नुको विकल्प नरहेको बताएका छन् । उनले सम्झौता विपरीत गए माओवादी पतन भएर जाने दाबी गरेका हुन् ।
एमालेले सञ्चालन गरेको 'मिसन ग्रासरुट' अभियानका क्रममा जुम्ला पुगेका सचिव भट्टराईले माओवादीले पुस १० को सहमति कायम राख्ने विश्वासका कारण एमालेले राष्ट्रपति पदमा उम्मेदवारी दिएको बताए । 'समझदारीकै कारण एमाले सरकारबाट नबाहिरिएको हो,' उनले भने,´सम्झौता विपरीत गरे माओवादी पतनको बाटोमा जाने निश्चित छ । यो वामपन्थी एक हुने अवसर भएकाले माओवादीले सहमति कार्यान्वयन गर्नेमा आशावादी छौँ ।’
सचिव भट्टराईले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समेत ठुलो अवसर गुमाएको समेत बताए । राष्ट्रपतिको उम्मेदवारका लागि एमालेको प्रस्ताव अस्वीकार गर्नु उनका लागि घाटा भएको भट्टराईको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण