शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

पुस १० को सम्झौता कार्यान्वयन नगरे माओवादी पतन हुन्छ : नेता भट्टराई

आइतबार, १४ फागुन २०७९, १९ : २५
आइतबार, १४ फागुन २०७९

जुम्ला । नेकपा एमालेका सचिव योगेश भट्टराईले माओवादी केन्द्रले पुस १० को सम्झौता कार्यान्वयन गर्नुको विकल्प नरहेको बताएका छन् । उनले सम्झौता विपरीत गए माओवादी पतन भएर जाने दाबी गरेका हुन् । 

एमालेले सञ्चालन गरेको 'मिसन ग्रासरुट' अभियानका क्रममा जुम्ला पुगेका सचिव भट्टराईले माओवादीले पुस १० को सहमति कायम राख्ने विश्वासका कारण एमालेले राष्ट्रपति पदमा उम्मेदवारी दिएको बताए । 'समझदारीकै कारण एमाले सरकारबाट नबाहिरिएको हो,' उनले भने,´सम्झौता विपरीत गरे माओवादी पतनको बाटोमा जाने निश्चित छ । यो वामपन्थी एक हुने अवसर भएकाले माओवादीले सहमति कार्यान्वयन गर्नेमा आशावादी छौँ ।’

सचिव भट्टराईले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समेत ठुलो अवसर गुमाएको समेत बताए । राष्ट्रपतिको उम्मेदवारका लागि एमालेको प्रस्ताव अस्वीकार गर्नु उनका लागि घाटा भएको भट्टराईको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप