अल्मेरियासँग बार्सा स्तब्ध, सात खेलको विजयी यात्रामा पूर्णविराम

बार्सिलोना । स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले आफ्नो अग्रता अझ फराकिलो बनाउने अवसर गुमाएको छ । आइतबार राति लिगको पुछारमा रहेको अल्मेरियासँग बार्सिलोना स्तब्ध बनेको हो ।
दोस्रो स्थानमा रहेको रियल मड्रिड शनिबार बराबरीमा रोकिएपछि बार्सालाई शीर्ष स्थानमा १० अंकको अग्रता बनाउने अवसर थियो । तर, एल बिलाल टुरेले पहिलो हाफमा गरेको एक मात्र गोल निर्णायक बन्दा बार्सा पराजित हुन पुग्यो ।
बार्सिलोनाको लगातार दोस्रो हार हो । गत बिहीबार युनाइटेडसँग पराजित हुँदै टोली युरोपा लिगबाट बाहिरिएको थियो । युनाइटेडसँग पराजित हुनअघि बार्सा सबै प्रतियोगिताका पछिल्ला १८ खेलमा अपराजित रहेको छ । योसँगै ला लिगामा बार्साको लगातार ७ खेलको जीतको शृङ्खलामा पनि पूर्णविराम लागेको छ ।
२३ खेलपछि बार्सा ५९ अंकसहित लिगको शीर्ष स्थानमा रहेको छ । अल्मेरिया भने २५ अंकसहित लिगको १५ औँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गिरुवारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध
-
चोरमाराको गिरूवारी खोला पुल भाँसियो, निरीक्षणमा जाँदै प्रहरी
-
सहरका कथा पनि मौलिक हुन्छन्– केकी अधिकारी
-
१० बजे १० समाचार : ओली सामु देखिए ‘फरार’ सांसद, ‘लुटेरा निर्वाचन प्रणाली’ को विपक्षमा प्रचण्ड
-
कञ्चनजङ्घा आरोहणका क्रममा फ्रान्सेली नागरिकको मृत्यु
-
बर्खा नलाग्दै काभ्रेकाे पनौतीमा बाढी