अल्मेरियासँग बार्सा स्तब्ध, सात खेलको विजयी यात्रामा पूर्णविराम
बार्सिलोना । स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले आफ्नो अग्रता अझ फराकिलो बनाउने अवसर गुमाएको छ । आइतबार राति लिगको पुछारमा रहेको अल्मेरियासँग बार्सिलोना स्तब्ध बनेको हो ।
दोस्रो स्थानमा रहेको रियल मड्रिड शनिबार बराबरीमा रोकिएपछि बार्सालाई शीर्ष स्थानमा १० अंकको अग्रता बनाउने अवसर थियो । तर, एल बिलाल टुरेले पहिलो हाफमा गरेको एक मात्र गोल निर्णायक बन्दा बार्सा पराजित हुन पुग्यो ।
बार्सिलोनाको लगातार दोस्रो हार हो । गत बिहीबार युनाइटेडसँग पराजित हुँदै टोली युरोपा लिगबाट बाहिरिएको थियो । युनाइटेडसँग पराजित हुनअघि बार्सा सबै प्रतियोगिताका पछिल्ला १८ खेलमा अपराजित रहेको छ । योसँगै ला लिगामा बार्साको लगातार ७ खेलको जीतको शृङ्खलामा पनि पूर्णविराम लागेको छ ।
२३ खेलपछि बार्सा ५९ अंकसहित लिगको शीर्ष स्थानमा रहेको छ । अल्मेरिया भने २५ अंकसहित लिगको १५ औँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण