रोमानियामा राहदानीको लागि घुम्ती सेवा शिविर सम्पन्न

बर्लिन । नेपाली राजदूतावास बर्लिनले ९ दिनसम्म रोमानियाको राजधानी बुखारेष्टमा विद्युतीय राहदानीका लागि आवेदन सङ्कलन कार्य सम्पन्न गरेको छ । अवैतनिक वाणिज्यदूत नवराज पोखरेल, गैर आवासीय नेपाली संघ, रोमानिया र नेपाली समाज, रोमानियाको सहयोग र समन्वयमा आवेदन सङ्कलन गरिएको हो । दूतावासले मोबाइल किट सहित जनसम्पर्क अधिकृत प्रेम भण्डारीलाई त्यहाँ खटाएको थियो ।
बुखारेष्टमा पहिलो पटक घुम्ती सेवा शिविर सञ्चालन गर्ने क्रममा हँगेरी र बुल्गेरियामा रहेका नेपाली नागरिकहरूलाई समेत गरी उक्त सेवा उपलब्ध गराइएको थियो । यसबाट जम्मा ३६० जना नेपाली नागरिकहरूले प्रत्यक्ष दर्ता प्रणाली मार्फत विद्युतीय राहदानीका लागि आवेदन दर्ता गर्न सफल भएको अवैतनिक वाणिज्यदूत नवराज पोखरेलले जानकारी दिए ।
पोखरेलका अनुसार रोमानियामा हाल १२ हजार नेपालीहरू रहेका छन् भने यो सङ्ख्यामा यस वर्ष बढोत्तरी भई करिब २५ हजार हुने देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशमा वैशाख २४ गते सार्वजनिक विदा
-
एनओसी नलिइ अध्ययनका लागि भारत जाने विद्यार्थीको यकिन तथ्याङ्क छैन : शिक्षामन्त्री
-
व्यवस्थाविरूद्ध हुने गतिविधिको प्रतिवाद गर्ने सरकारको नीतिप्रति राप्रपाको आपत्ति
-
चीनको खिलाफमा नेपालको भूमि प्रयोग गर्न दिनुहुँदैन : सभापति देउवा
-
शहिद लखन गाउँपालिकाले दियाे उत्कृष्ट वडालाई ५ लाख पुरस्कार
-
सङ्घीयता सुदृढीकरणका लागि अन्तर प्रदेश सहकार्य आवश्यक छ : मुख्यमन्त्री आचार्य