रोमानियामा राहदानीको लागि घुम्ती सेवा शिविर सम्पन्न
बर्लिन । नेपाली राजदूतावास बर्लिनले ९ दिनसम्म रोमानियाको राजधानी बुखारेष्टमा विद्युतीय राहदानीका लागि आवेदन सङ्कलन कार्य सम्पन्न गरेको छ । अवैतनिक वाणिज्यदूत नवराज पोखरेल, गैर आवासीय नेपाली संघ, रोमानिया र नेपाली समाज, रोमानियाको सहयोग र समन्वयमा आवेदन सङ्कलन गरिएको हो । दूतावासले मोबाइल किट सहित जनसम्पर्क अधिकृत प्रेम भण्डारीलाई त्यहाँ खटाएको थियो ।
बुखारेष्टमा पहिलो पटक घुम्ती सेवा शिविर सञ्चालन गर्ने क्रममा हँगेरी र बुल्गेरियामा रहेका नेपाली नागरिकहरूलाई समेत गरी उक्त सेवा उपलब्ध गराइएको थियो । यसबाट जम्मा ३६० जना नेपाली नागरिकहरूले प्रत्यक्ष दर्ता प्रणाली मार्फत विद्युतीय राहदानीका लागि आवेदन दर्ता गर्न सफल भएको अवैतनिक वाणिज्यदूत नवराज पोखरेलले जानकारी दिए ।
पोखरेलका अनुसार रोमानियामा हाल १२ हजार नेपालीहरू रहेका छन् भने यो सङ्ख्यामा यस वर्ष बढोत्तरी भई करिब २५ हजार हुने देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण