शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अरबाज खानले शाहरुखको होस्टिङ स्किलमा प्रश्न उठाए : भने, ‘यस कारण केबीसीमा अमिताभ बढी सफल भए’

सोमबार, १५ फागुन २०७९, १४ : ०२
सोमबार, १५ फागुन २०७९

अभिनेता अरबाज खान यति बेला आफ्नो च्याट सो ‘द इन्भिन्सिबल्स विथ अरबाज खान’का कारण चर्चामा छन् । अब हालै मिडियालाई दिएको अन्तरवार्तामा अरबाजले शाहरुखको होस्टिङ स्किल्समा प्रश्न तेर्साएका छन् । उनले शाहरुख खानले कौन बनेगा करोडपतिलाई राम्रो गर्न नसकेको भन्दै अमिताभ बच्चनले यसलाई निकै सफलतापूर्वक ह्यान्डल गरेको बताए ।

अरबाजले आफ्नो कम्युनिकेसन स्किल्सबारे कुरा गरे

फ्रि प्रेस जर्नललाई दिएको अन्तरवार्तामा जब अरबाजसँग उनको च्याट सो द इन्भिन्सिबल्स विद अरबाजबारे सोधियो तब उनले भने, ‘मलाई लाग्छ कि मेरो कम्युनिकेसन स्किल्स जस्तो छ, मभित्र ती सबै चिज स्वाभाविक रूपमा सधैँ रहेको छ । मानिसहरूले मलाई देखेर यही सोच्नुभएको होला कि म होस्टको रूपमा निकै मिलनसार र नेचुरल छु । मेरो फिल्मी इमेज निकै भिन्न थियो किनभने जब म कुनै भूमिका निभाउँछु, मानिसहरूले मेरो पर्सनल साइड हेर्छन् ।’

टिभी शोका कारण सलमान–अमिताभको करियर रिभाइभ भयो : अरबाज

अरबाजले थपे, ‘सलमान खानले दसका दम र अमिताभ बच्चनले कौन बनेगा करोडपति सँगै टिभी पर्दामा फिर्ती गरेका थिए । यहाँसम्म कि यी टेलिभिजन रियालिटी शोपछि उनीहरूको फिल्मी करियर पुनः ट्र्याकमा आयो । तर शाहरुख होस्टको रूपमा सानो पर्दामा यसरी जम्न सकेनन् । दर्शकलाई स्क्रिनमा उनको उपस्थिति बनावटी जस्तो लागेको हुनसक्छ । ’

शाहरुख बारे कुरा गर्दै अरबाजले भने, ‘टिभीमा कोही पनि बनावटी हुन सक्दैन । यस कारणले अमिताभ बच्चनले सो राम्रोसँग चलाए तर शाहरुख खानले सकेनन् ।’

अरबाजले थपे, ‘मलाई लाग्छ कि शाहरुख खानले सानो पर्दामा त्यो शालीनता र नेचुरल इम्प्याक्ट दिन सकेनन् । मानिसहरूलाई सायद उनी फेक लागे । तपाईँ टेलिभिजनको अगाडि फेक हुन सक्नु हुन्नँ वा तपाईँ अमिताभ बच्चनजस्तो स्मार्ट बन्नुपर्ने हुन्छ । उनले आफ्नो दर्शकलाई चिन्दछन् तर शाहरुखले सकेनन् ।’

शाहरुखले होस्ट गरेका थिए केबीसी सिजन थ्री

स्मरण रहोस्, शाहरुख खानले केबीसी सिजन थ्री होस्ट गरेका थिए । तर अमिताभ बच्चनको अनुपस्थितिमा शोको रेटिङमा गिरावट आएको थियो । केबीसी–४ पछि केबीसी–१४ सम्मको सबै सिजनमा अमिताभले नै होस्ट गरेका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप