विराट गोल्डकपका लागि मैदान तयार पारिँदै
विराटनगर । चैत ९ गतेदेखि आयोजना हुने मोफसलकै चर्चित फुटबल प्रतियोगिता विराट गोल्डकपका लागि अहिले मैदान निर्माण कार्य जारी रहेको छ । विराटनगरको शहीद रंगशालामा रातिको समयमा आयोजना हुने प्रतियोगिताका लागि आयोजक विराट गोल्डकप ट्रस्टले आफ्नै लगानीमा मैदान मर्मतको कामलाई तिव्रता दिएको हो ।
चैतको पहिलो सातासम्म मैदान तयार पार्ने गरि काम तीव्र गतिमा भइरहको गोल्डकप आयोजकका सिईओ सुवाशीस कोइरालाले जानकारी दिए । ‘मैदानमा अहिले नियमित रुपमा ४ सातादेखि काम भइरहेको छ, विगतको तुलनामा अहिले मैदान हरियाली भएको छ भने प्यारापिट मर्मतको काम पनि अन्तिम चरणमा पुगेको छ’ सिईओ कोइरालाले
बताए । नेपाली र विदेशी टिमको सहभाीगतामा हुने प्रतियोगिताको पुरस्कार राशी पनि बढाउने र प्रतियोगिता सम्पन्न गर्नका लागि झण्डै २ करोड ५० लाख खर्च लाग्ने भएकाले स्पोन्सर खोज्नेदेखि टिकट बिक्रीसम्मका योजनाहरु बनाएर अघि बढाएको सिईओ कोइरालाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण