शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विराट गोल्डकपका लागि मैदान तयार पारिँदै

सोमबार, १५ फागुन २०७९, १६ : २४
सोमबार, १५ फागुन २०७९

विराटनगर । चैत ९ गतेदेखि आयोजना हुने मोफसलकै चर्चित फुटबल प्रतियोगिता विराट गोल्डकपका लागि अहिले मैदान निर्माण कार्य जारी रहेको छ । विराटनगरको शहीद रंगशालामा रातिको समयमा आयोजना हुने प्रतियोगिताका लागि आयोजक विराट गोल्डकप ट्रस्टले आफ्नै लगानीमा मैदान मर्मतको कामलाई तिव्रता दिएको हो ।

चैतको पहिलो सातासम्म मैदान तयार पार्ने गरि काम तीव्र गतिमा भइरहको गोल्डकप आयोजकका सिईओ सुवाशीस कोइरालाले जानकारी दिए ।  ‘मैदानमा अहिले नियमित रुपमा ४ सातादेखि काम भइरहेको छ, विगतको तुलनामा अहिले मैदान हरियाली भएको छ भने प्यारापिट मर्मतको काम पनि अन्तिम चरणमा पुगेको छ’ सिईओ कोइरालाले

बताए । नेपाली र विदेशी टिमको सहभाीगतामा हुने प्रतियोगिताको पुरस्कार राशी पनि बढाउने र प्रतियोगिता सम्पन्न गर्नका लागि झण्डै २ करोड ५० लाख खर्च लाग्ने भएकाले स्पोन्सर खोज्नेदेखि  टिकट  बिक्रीसम्मका योजनाहरु बनाएर अघि बढाएको सिईओ कोइरालाले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप