टर्कीमा फेरि भूकम्प, थप भवनमा क्षति
सोमबार, १५ फागुन २०७९, १६ : ४३
अनकारा । विनाशकारी भूकम्पको चपेटामा परेको टर्कीमा सोमबार पुनः ५.६ म्याग्निच्युडको भूकम्प गएको छ । देशको दक्षिणी भागमा गएको पछिल्लो भूकम्पबाट थप भवनहरू भत्किएको अधिकारीहरूले बताएका छन् । हालसम्म मानवीय क्षतिको भने खबर प्राप्त भएको छैन ।
सोमबारको भूकम्पको केन्द्रविन्दु मलात्या प्रान्तको येसिलयोर्ट रहेको थियो । सो क्षेत्रका मेयरले भूकम्पपछि केही भवनहरू ढलेको बताएका छन् । गत फेब्रुअरी ६ मा टर्की र सिरियाको सीमामा गएको ७.८ म्याग्निच्युडको भूकम्पपछि सबैभन्दा धेरै प्रभावित टर्कीका ११ प्रान्तहरूमध्ये मालात्या एक प्रान्त हो ।
भूकम्पका कारण टर्की र सिरियामा गरेर ४८ हजारभन्दा बढीको मृत्यु भएको छ भने टर्कीमा १ लाख ७३ हजार भवनमा क्षति भएको छ । सो भूकम्पपछि देशमा करिब १० हजार परकम्पहरू गइसकेको टर्कीका अधिकारीहरूले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण