बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

उदयपुरबाट लागुऔषसहित २ जना पक्राउ

सोमबार, १५ फागुन २०७९, १७ : १५
सोमबार, १५ फागुन २०७९

उदयपुर । प्रहरीले जिल्लाको ताप्ली गाउँपालिकाबाट लागुऔषसहित २ जनालाई पक्राउ गरेको छ ।  सोमबार ताप्ली गाउँपालिका–१ देबरेबाट अवैध लागूऔषध गाँजा करिब ३५ केजीसहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ५४ वर्षीय ईन्द्रबहादुर शाही र ५८ वर्षीय शेर बहादुर सेन रहेका छन् ।

ईलाका प्रहरी कार्यालय कटारी र प्रहरी चौकी रुपाटारबाट खटिएको प्रहरीले शाहीको घरबाट करिब १५ केजी र सेनको घरबाट करिब २० केजी गाँजा बरामद गरिएको बताइएको छ ।  पक्राउ परेका शाही र सेनमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप