उदयपुरबाट लागुऔषसहित २ जना पक्राउ
सोमबार, १५ फागुन २०७९, १७ : १५
उदयपुर । प्रहरीले जिल्लाको ताप्ली गाउँपालिकाबाट लागुऔषसहित २ जनालाई पक्राउ गरेको छ । सोमबार ताप्ली गाउँपालिका–१ देबरेबाट अवैध लागूऔषध गाँजा करिब ३५ केजीसहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ५४ वर्षीय ईन्द्रबहादुर शाही र ५८ वर्षीय शेर बहादुर सेन रहेका छन् ।
ईलाका प्रहरी कार्यालय कटारी र प्रहरी चौकी रुपाटारबाट खटिएको प्रहरीले शाहीको घरबाट करिब १५ केजी र सेनको घरबाट करिब २० केजी गाँजा बरामद गरिएको बताइएको छ । पक्राउ परेका शाही र सेनमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण