पाँच दिनदेखि गुठिचौरका १३ सय घरधुरी अन्धकारमा
जुम्ला । जुम्लाको गुठिचौर गाउँपालिका–३ गज्याङकोटको विद्युत सेवा पाँच दिनदेखि अवरुद्ध भएको छ । नहर भत्केर विद्युत उत्पादन बन्द हुँदा फागुन १० गतेदेखि सेवाग्राही अन्धकारमा बस्न बाध्य भएका हुन् ।
साना विद्युत आयोजनाबाट गुठीचौर गाउँपालिका–३ गज्याङकोट गाउँका ५ सय र वडा नम्बर ४ का ८४० घरधुरीले बिजुली बाल्दै आएका थिए । विद्युत नहरको करिब १८ लिटर भत्केको छ ।
गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले विद्युत नहर मर्मत गर्न ग्याविन जाली भर्नुपर्ने बताए । मर्मतका लागि ठेकेदार र उपभोक्ताबाट काम गराउँदा धेरै समय लाग्ने भएकाले पालिकाले ग्याविन जाली, केही सिमेन्ट र ढुंगा ढुवानीमा लगानी गर्ने उनको भनाइ छ ।
अरु काम श्रमदानमै सुरु गरेको उनले बताए । दैनिक ५ सय स्थानीय बासीलाई श्रमदानका लागि परिचालन गरिएको उनले बताए । उनले भने, ‘अबको १० दिनभित्रै बिजुली बाल्ने तयारी गरेका छौँ ।’
ठेक्का र उपभोक्ता समितिमार्फत नहर मर्मत गर्दा करिव ६० लाखको योजना भए पनि श्रमदानबाट सोभन्दा न्यून रकममै नहर मर्मत गरी बिजुली बाल्ने योजना रहेको वडाध्यक्ष टिकादत्त न्यौपानेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
-
इतर समूहले कार्यसम्पादन समिति बैठकबाट भेलासम्बन्धी समितिहरू बनाउने
-
कर्णालीमा अब २५ लाखसम्मको कृषि आयमा कर नलाग्ने
-
मधेसमा तीन दलीय गठबन्धन सरकारले नै निरन्तरता पाउने
-
राष्ट्रिय ट्रमा सेन्टरलाई अर्थोपेडिक इम्प्लान्ट प्रदान
-
कांग्रेसभित्र ध्रुवीकरण तीव्र : भेटिएला मिलन बिन्दु ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण