शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पाँच दिनदेखि गुठिचौरका १३ सय घरधुरी अन्धकारमा

सोमबार, १५ फागुन २०७९, २० : ११
सोमबार, १५ फागुन २०७९

जुम्ला । जुम्लाको गुठिचौर गाउँपालिका–३ गज्याङकोटको विद्युत सेवा पाँच दिनदेखि अवरुद्ध भएको छ । नहर भत्केर विद्युत उत्पादन बन्द हुँदा फागुन १० गतेदेखि सेवाग्राही अन्धकारमा बस्न बाध्य भएका हुन् ।

साना विद्युत आयोजनाबाट गुठीचौर गाउँपालिका–३ गज्याङकोट गाउँका ५ सय र वडा नम्बर ४ का ८४० घरधुरीले बिजुली बाल्दै आएका थिए । विद्युत नहरको करिब १८ लिटर भत्केको छ ।

गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले विद्युत नहर मर्मत गर्न ग्याविन जाली भर्नुपर्ने बताए । मर्मतका लागि ठेकेदार र उपभोक्ताबाट काम गराउँदा धेरै समय लाग्ने भएकाले पालिकाले ग्याविन जाली, केही सिमेन्ट र ढुंगा ढुवानीमा लगानी गर्ने उनको भनाइ छ ।

अरु काम श्रमदानमै सुरु गरेको उनले बताए । दैनिक ५ सय स्थानीय बासीलाई श्रमदानका लागि परिचालन गरिएको उनले बताए । उनले भने, ‘अबको १० दिनभित्रै बिजुली बाल्ने तयारी गरेका छौँ ।’

ठेक्का र उपभोक्ता समितिमार्फत नहर मर्मत गर्दा करिव ६० लाखको योजना भए पनि श्रमदानबाट सोभन्दा न्यून रकममै नहर मर्मत गरी बिजुली बाल्ने योजना रहेको वडाध्यक्ष टिकादत्त न्यौपानेले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप