सशस्त्रका ४ डीआईजीको पदस्थापना, ११ जनाको सरुवा
काठमाडौँ । सशस्त्र प्रहरी बलका ४ जना सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई पदस्थापना गरिएको छ । भर्खरै बढुवा भएका चारजनालाई पदस्थापन गरिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
डीआईजी सुरेश कुमार श्रेष्ठलाई एपिएफ कमाण्ड तथा स्टाफ कलेजमा पदस्थापन गरिएको छ । अञ्जनी कुमार पोखरेललाई नम्बर–१ बराह बाहिनी मुख्यालय, दिपेन्द्र शाहलाई नम्बर–२ छिन्नमस्ता बाहिनी मुख्यालय र पुरुषोत्तम थापालाई नम्बर–९ पशुपतिनाथ बाहिनी मुख्यालयमा पदस्थापना गरिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्णय अनुसार ११ जना डीआईजीहरुको सरुवा गरिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ । डीआईजी ई.किशोर प्रधानलाई मानवश्रोत विभाग, शम्भु सुवेदीलाई सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालय र काली दास धौबजीलाई नम्बर–४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीमा सरुवा गरिएको छ । कुमार न्यौपानेलाई नम्बर–७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीमा सरुवा गरिएको छ ।
लक्ष्मण बहादुर सिंहलाई नम्बर–३ गढीमाई बाहिनी मुख्यालय मकवानपुर र प्रदीप कुमार पाललाई नम्बर–६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा सरुवा गरिएको छ ।
माघ २५ मा बढुवा समितिले सुरेश कुमार श्रेष्ठ, अन्जनी कुमार पोखरेल, दीपेन्द्र शाह र पुरुषोत्तम थापालाई वरिष्ठ उपरीक्षकबाटडीआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
