बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ

मङ्गलबार, १६ फागुन २०७९, १२ : २५
मङ्गलबार, १६ फागुन २०७९

काठमाडौँ । काठमाडौँ महानगरपालिका-६ बौद्ध तिनचुली बस्ने ६६ वर्षीय पेम्बा छोटुप लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा लामासहित १५ जनालाई  प्रहरीले पक्राउ गरेको छ । 

विशेष सूचनाको आधारमा सोमबार साँझ प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ३६ हजार ५ सय रुपैयाँ र ३१ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप