दुई वर्ष पनि टिकेन गाउँपालिकाले जडान गरेका सौर्यबत्ती
दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका–३ मा जडान गरिएका सौर्य बत्ती दुई वर्ष नपुग्दै बिग्रिएर थन्किएका छन् ।
गाउँपालिकाले आर्थिक वर्ष २०७४÷७५ मा १४ वटा सौर्यबत्ती जडान गरेको थियो । ती बत्ती दुई वर्ष नपुग्दै बिग्रीएको मालिकार्जुन–३ का गोविन्द धामीले बताए ।
गाउँपालिकाको रु आठ लाख तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको रु १२ लाख गरी कुल रु २० लाखको लगानीमा बत्ती जडान गरिएका हुन् । बत्ती बिग्रिँदा पनि सम्बन्धित निकायले ध्यान नदिएको स्थानीयले गुनासो गरेका छन् ।
सौर्य बत्तीका साथै राष्ट्रिय धाम मालिकार्जुन मन्दिर परिसर भित्र जडान गरिएका सिसी क्यामेरासमेत काम गर्न छाडेको मालिकार्जुन विकास समितिका सचिव जनकसिंह धामीले बताए । मालिकार्जुन–३ को मालिकार्जुन मन्दिर, लटिनाथ मन्दिर चौड, शिलगैर बजार क्षेत्र तथा मड र भौतडीको भण्डारी घर भएका क्षेत्रमा जडान गरिएका सबै सौर्य बत्ती बिग्रिएका छन् ।
राष्ट्रिय धाम मालिकार्जुन मन्दीर क्षेत्रमा आउने तिर्थालुको सहजताका लागि जडान गरिएका सौर्य बत्ती बिग्रीएको लामो समय हुँदासमेत मर्मतका लागि कसैले चासो नदेखाएको मालिकार्जुन मन्दिरका मुखिया धीरेन्द्रसिंह धामीले बताए । “धेरै सामान त चोरी समेत भएको छ”, उनले भने । सौर्य बत्ती मर्मतका लागि पटक पटक गाउँपालिकालाई आग्रह गर्दैआएको धामीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण