नराकोटमा एक हप्ते उद्यमशीलता विकास तालिम सुरु
जुम्ला । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत जुम्लाको सिंजा गाउँपालिका नराकोटमा उद्यमशीलता विकास तालिम सुरु भएको छ । वडा -२ र ४ मा एक हप्ते तालिम सुरु भएको हो।
गाउँपालिकाको लघु उद्यम विकास शाखामार्फत सञ्चालित गरिएकोसिंजा गाउँपालिका उद्योग शाखा प्रमुख नर्मजङ्ग रोकायाले बताए। उनले स्वरोजगार बन्ने माध्यमका रूपमा यसखालका तालिम सञ्चालन भएको जनाए। उद्यमशीलता विकास तालिम अन्तर्गत व्यवसाय गर्ने तरिका, व्यवसाय सुरुवात गर्ने तरिका, व्यवसायबाट नाफा आर्जन गर्ने तरिका, योजना बनाउने तरिका जस्ता कामहरू सिकाइनेछ।
बेरोजगार अवस्थामा रहेका मानिसहरूलाई गाउँ गाउँमा नै रोजगार बनाउने हेतुले सुरु गरिएको उनले बताए ।सिप सिकौँ रोजगार बनौँ भन्ने उद्देश्यका साथ सुरु तालिम सञ्चालन गरिएको हो। तालिममा २६ जनाको सहभागिता रहेको छ । आत्मनिर्भरता, उदशीलता, आजको आवश्यकता भन्ने नारा रहेको उद्योग शाखा सहजकर्ता सुस्मिता बुढाले बताइन्।
व्यवसाय गर्न कठिनाइ भएका व्यवसाय कसरी गर्ने, उत्पादन बढाउने उत्पादित वस्तुको बजारीकरण कसरी गर्ने र वस्तुको मूल्य राम्रो पाउने भने बारेमा जानकारी दिने तालिमको उद्देश्य छ। आफैमा आत्मनिर्भरता कसरी बन्न सकिन्छ भने कुरामा थप टेवा पुग्ने पुग्नेछ। भौतिक विकाससँगै मानिसको व्यवहार परिवर्तन र कार्यशैलीको सुधार ल्याउन व्यवसायीहरूलाई पटक पटक उद्योग विकास शाखाले यस्ता कार्यक्रम गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण