खेलकुद
आईसीसी विश्वकप लिग–२ खेल्न सन्दीप लामिछाने युएई जाने
बुधबार, १७ फागुन २०७९, १६ : ०६

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्न सन्दीप लामिछाने युएई जाने भएका छन् ।
दुबईमा जारी लिग–२ खेल्न लामिछाने जान लागेका हुन् । सर्वोच्च अदालतले विदेश जान पाउने गरी आदेश दिएसँगै उनलाई युएई जाने बाटो खुलेको हो ।
हाल युएईमा रहेका नेपाली टोलीका खेलाडी श्याम (मौसम) ढकाल नेट अभ्यासका क्रममा घाइते भएपछि उनको स्थानमा लामिछाने टोलीमा सामेल हुने भएका हुन् ।
२८ फेब्रुअरी २०२३ मा नेट अभ्यास सत्रमा ब्याटिङ गर्ने क्रममा मौसमको काँधमा चोट लागेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङमा करेन्ट लागेर दुई महिलाको मृत्यु
-
वीर अस्पताल सुधारका लागि उपाध्यायको संयोजकत्वमा कार्यदल गठन
-
क्रिस्टियानो रोनाल्डोका छोराको अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘डेब्यू’
-
भारत–पाकिस्तान द्वन्द्वबारे साउदी अरेबियामा ट्रम्पले के भने ?
-
न्युजिल्यान्डका माइक हेसन पाकिस्तानी क्रिकेट टोलीको नयाँ प्रमुख प्रशिक्षक
-
नेतृत्व विकासबारे समाजवादी ट्रेड युनियनका पदाधिकारीलाई तालिम