नेपाली राजनीतिमा पुनः अस्थिरता सुरु भयो : मन्त्री श्रेष्ठ
काठमाडौँ । बागमती प्रदेशका भौतिक पूर्वाधार तथा यातायात मन्त्री एकलाल श्रेष्ठले नेपाली राजनीतिमा पुनः अस्थिरता सुरु भएको बताएका छन् । बुधबार होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘निर्वाचनपछि बनेको सत्ता समीकरणले नेपाली राजनीतिमा नयाँ आसाका किरणहरु छाएको थियो । अब स्थिर सरकार बन्छ र विकास निर्माणका कामहरुले तीव्रता पाउँछ भन्ने थियो । तर, त्यसो हुन सकेन । एकाएक महिनामा राजनीतिक समीकरण परिवर्तन भइरहेको छ, के भइरहेको छ ?’ मन्त्री श्रेष्ठले संशय व्यक्त गर्दै भने, ‘यस्तो मनलाग्दीतन्त्रले देश कसरी बन्छ ?’
मन्त्री श्रेष्ठले केन्द्रको राजनीतिक सत्ता समीकरण परिवर्तन भएसँगै प्रदेशतर्फ समेत संकट निम्ताएको जनाउँदै आफूहरूले पार्टीको केन्द्रको निर्देशन कुरेर बसेको बताए ।
‘आज हो वा भोलि, के हुन्छ थाहा छैन । तैपनि हामीले सरकार छाडेका छैनौँ । मैले मन्त्रालय सम्हालेको १०४ दिन मात्र भएको छ । यदि बीचमा नै सरकार छाड्नुपर्ने स्थिति बन्यो भने अघि सारिएका धेरै कामहरू बिथोलिने चिन्ता छ ।’
नयाँ सरकार बनेसँगै प्रदेश स्तरमा १० हजार नयाँ रोजगारी सिर्जना गर्नेदेखि सडक पूर्वाधार निर्माण, सामाजिक न्याय लगायतका कयौँ योजनाहरू अलपत्र पर्ने आफूलाई डर लागेको उनले बताए ।
तर, सोही कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित भएका बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेले सरकार फेरिएपनि प्रणाली र विधि नफेरिने जिकिर गरे ।
‘सरकार फेरिँदैमा जहाज डुब्दैन, प्रणालीले काम गर्ने हो । हामीले कस्तो प्रणालीको विकास गर्यौ भन्ने मुख्य कुरा हो । सरकार त आउँछ जान्छ नियमित प्रक्रिया हो । तर, मुलुकको राज्य सत्ताले सिस्टममा काम गर्नुपर्यो’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित
-
सुनसरी घटनाबारे मध्यरातमा बालेनको आह्वान : ‘एकअर्कालाई प्रेम र सम्मान गरौँ’
-
बजार अनुगमनमा सक्रिय वाणिज्य विभाग
-
कलंकीबाट १ लाख २० हजार क्याप्सुल ट्रामाडोल बरामद, ३ जना पक्राउ
-
नेपाल कानुन आयोग ऐन संशोधनको मस्यौदा तयार, सुझाव दिन मन्त्री सोविता गौतमको आग्रह
-
पाइपलाइन, व्यापार र सुरक्षाबारे वार्ताका लागि इराकी प्रधानमन्त्री टर्कीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण