अस्ट्रेलियामा १२ वर्षीय छोराको अगाडि गोली हानेर बाबुको हत्या
सिड्नी । अस्ट्रेलियामा १२ वर्षीय किशोरका अगाडि गोली हानेर उनका बाबुको हत्या गरिएको छ । मार्शल आर्ट जिममा प्रवेश गर्ने योजनामा रहेका एक व्यक्तिलाई निजकै कारभित्र गोली हानी हत्या गरिएको साउथ वेल्स राज्यको प्रहरीले जनाएको छ ।
गोली प्रहारका बेला उनका छोरा साथमै रहेका प्रहरीले एक विज्ञप्ति निकालेर बताएको छ । प्रहरीले यो सङ्गठित अपराधको लक्षित आक्रमण भएको आशङ्का गरेको छ ।
चालीस वर्षीय ती व्यक्तिलाई गोली लागेको अवस्थामा भेटिएको तथा चिकित्सा सहायकहरूको प्रयासका बाबजुद उनको घटनास्थलमै मृत्यु भएको थियो । हत्याको कारण खुलेको छैन । प्रहरी अनुसन्धान जारी छ ।
हिंसात्मक उक्त आक्रमणबाट ती किशोरलाई मानसिक आघात पुगेको ठानिएको छ । आक्रमणकारी माज्दा कार चढेर आएका आक्रमणकारीले हत्यापछि उक्त कार जलाएको जनाउँदै प्रहरीले त्यससम्बन्धी क्लोज सर्किट टेलिभिजन फुटेजका लागि स्थानीय बासिन्दासँग अनुरोध गरेको छ ।-(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
-
सार्वजनिक खरिद ऐन संशोधनले पूर्वाधार विकासलाई गति दिने विश्वास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण