यू-१९ : नेपालद्वारा यूएईलाई १९२ रनको लक्ष्य

काठमाडौँ । आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत निर्णायक खेलमा नेपालले युएईलाई १९२ रनको लक्ष्य दिएको छ ।
आजमानमा रहेको इडेन गार्डेन ओभलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ४८ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाउँदै १९१ रन बनायो ।
नेपालका लागि कप्तान देव खनालले ५१ रनको अर्धशतकीय पारी खेले । देवले ८४ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे ।
त्यस्तै विशाल विक्रम केसीले ३८ रन बनाउँदा उत्तम मगरले ३६ रनको योगदान गरे । नेपालका लागि दिपेश कडेलले रन बनाउँदा हेमन्त धामी १३ तथा मिलन बोहोराले १० रनको योगदान गरे ।
बलिङतर्फ यूएईका लागि धुरुव प्रशारनले तीन विकेट लिए । त्यस्तै हरित हरिस सेट्टी र आर्यान आफिज खानले दुई–दुई विकेट लिए ।
आजको खेल नेपालका लागि निर्णायक छ । आजको खेलमा नेपालले जित निकाल्न सकेमा सन् २०२४ मा श्रीलंकामा हुने आईसीसी यू–१९ विश्वकपमा छनोट हुनेछ ।
यता यूएई पनि आजको खेलमा नेपाललाई हराउँदै विश्वकपमा छनोट हुन चाहन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१४ प्रतिशत दलित समुदायलाई १ प्रतिशत बजेट !
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
संघीय संसद्को दुवै बैठक बस्दै : सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल
-
सुनाखरी मध्यवर्ती सामुदायिक ‘होमस्टे’मा पहुना आकर्षित हुँदा व्यवसायी उत्साहित
-
२ सय पटक सर्पले टोकेपछि मान्छेको रगतमै बन्यो एन्टिभेनम
-
जेलेन्स्कीले भने- दबाब बिना रुसले युक्रेनसँगको युद्ध अन्त्य गर्दैन